नुवाकोटका सरकारी कार्यालयमा प्रशासनको छड्के
नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले गरेको छड्केमा जिल्लाका सरकारी कार्यालय तथा सार्वजनिक निकायका कार्यालयका अधिकांश कर्मचारी अनुपस्थित रहेको पाइएको छ ।
आइतबार कार्यालय समयमा आकस्मिकरुपमा प्रशासनले छ्ड्के गरेको हो । छ्ड्केमा १९ वटा कार्यालयका १ सय ८३ कर्मचारी अनुपस्थित भएको पाइएको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । उनका अनुसार सुशासन कायम राख्न, सेवा प्रवाहलाई चुस्त राख्नका लागि सेवाग्रहीबाट व्यापक जनगुनासो बढेपछि कार्यालय अनुगमन गरिएको हो ।
ती कार्यालयका ३२ जना कर्मचारीले बिदा लिएको, १० जना बिना जानकारी अनुपस्थित रहेको, ४० जना काजमा रहेको र १८ जना कार्यालयको पोसाक नलगाएको अवस्थामा पाइएको स्थानीय प्रशासनले जनाएको छ ।
यसरी सेवाप्रवाहको बेवास्ता गरी अनुपस्थित रहेका कार्यालयहरुमा कोष तथा लेखा नियन्त्रक कार्यालय, डिभिजन सडक, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन, शिक्षा विकास तथा समन्वय विकास इकाई, पूर्वाधार विकास, खानेपानी तथा सरसफाई डिभिजन नं. २ धादिङ साइट कार्यालय नुवाकोट, घरेलु तथा साना उद्योग, डिभिजन वन, नापी, नेपाल टेलिकम, मालपोत, सहरी विकास तथा भवन, स्वास्थ्य, मत्स्य अनुसन्धान केन्द्र त्रिशूली, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, विद्युत् वितरण केन्द्र, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, तथ्यांक कार्यालय नुवाकोट–रसुवा कार्यालय रहेका छन् । सबैभन्दा बढी कर्मचारी १ सय ४२ जनामध्ये ५६ जना विद्युत् वितरण केन्द्रमा अनुपस्थित रहेको पाइएको स्थानीय प्रशासनले जनाएको छ ।
त्यसैगरी जिल्ला स्वास्थ्य कार्यालयले गयल भएको कर्मचारीको तथ्यांक दिन नमानेको समेत स्थानीय प्रशासनले जनाएको छ । जिल्लामा ६१ वटा कार्यालय रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना
नुवाकोट महोत्सवको तयारी तिव्र
रवि, कुलमान र बालेन्द्रबीच एकताकाे प्रयास जारी
“बार डे: जेन जी आन्दोलन र बार रुपान्तरणको सवाल”
सुनको भाउ ऐतिहासिक उचाईमा,एकैदिन ३ हजार ४ सय रुपैयाँले बढ्यो





प्रतिक्रिया