एकीकृत समाजवादी विदुर नगर कमिटीको संयोजकमा श्रेष्ठ
नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी विदुर नगर कमिटिको संयोजकमा सजन कुमार श्रेष्ठ चयन भएका छन् ।
शनिवार भएको विदुर नगर स्तरीय कार्यकर्ता भेलाले श्रेष्ठको नेतृत्वमा २५ सदस्यीय नगर कमिटी गठन गरेको हो । बैठकले विदुर नगर कमिटीको संयोजकमा सजन कुमार श्रेष्ठलाई चयन गरेको पार्टी उप–सचिव उद्वव पनेरुले जानकारी दिए ।
सह–सचिव पनेरुका अनुसार भेलाले सह–संयोजकमा सुजना खतिवडा सचिवमा दिपेशलाल चित्रकार र सह–सचिवमा वर्षा चित्रकारलाई चयन गरेको छ ।
यस्तै सदस्यहरुमा जीवन कुमाल ,दिपक थापा, सविता श्रेष्ठ, हरिमाया तामाङ श्रेष्ठ, गौरि वि.क, राजु रिमाल, शंकर गजुरेल, साजन राई, गोपिनि केसि, वासु चित्रकार, अनिश्मा राई रहेका छन् ।
त्यस्तै अन्य सदस्यहरुमा सीता राई, सविता सडौला, कृति थापा,हरि गुरुङ,निर्जल राई,विनोद केसि,सारदा गजुरेल ,सम्भव न्यौपाने,महेन्द्र लाल डंगोल रहेका छन् ।
कार्यक्रमा एकिकृत समाजवादीका पार्टीका उप–महासचिव गंगालाल तुलाधारले नुवाकोटको १२ वटै पालिकाहरुमा वडा कमिटीदेखि पालिका कमिटी सम्मका सबै संगठन बिस्तार गर्न पार्टीले आफुलाई नुवाकोटमा खटाएको बताए ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टी इन्चार्ज राजेन्द्रप्रसाद लोहनी केन्द्रीय परिषद सदस्य सुर्यबहादुर कडेल एकिकृत समाजवादी नुवाकोटका अध्यक्ष गोबिन्द नेपाली केन्द्रीय निर्वाचन आयोगका सदस्य वसन्त बस्नेत केन्द्रीय परिषद सदस्य यमकुमार ख्याती,कृष्ण प्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेकपा एमाले बेलकोटगढी नगरपालिकाका नगर कमिटि सदस्य सोमप्रसाद भट्टले एमाले परित्याग समाजवादी प्रवेश गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की





प्रतिक्रिया