नुवाकोट कारागारमा कैदीबन्दी बिरामी पर्न थाले

विदुर खबर २०७९ चैत १४ गते ७:३९

नुवाकोट । नुवाकोट कारागारमा स्वास्थ्यकर्मी अभावमा धेरै कैदीबन्दी बिरामी पर्न थालेका छन् ।

Advertisement

कारागारमा स्वास्थ्यकर्मी नहुँदा नियमित जँचाउनुपर्ने बिरामी पनि त्यत्तिकै बस्न बाध्य भएका छन् ।  ‘बिरामी परेमा जेलभित्र उपचार गराउन अवस्था छैन,’ कारागारका जेलर गंगालाल योगीले भने, ‘१३ जना जति मानसिक रोगी नै छन् । ती रोगीलाई बाहिर उपचार गराउन समस्या छ । औषधि खुवाइरहनुपर्छ । बिरामी धेरै हुने गरेका छन् । स्वास्थ्यकर्मी अभाव छ ।’

कारागारका लागि एकमात्र सिनियर अहेवको दरबन्दी छ, स्वास्थ्यकर्मी छैनन् । कारागारमा १६ महिला एक दुई वर्षको नाबालक गरी जम्मा १४१ जना छन् । त्यसमध्ये विदेशीको हकमा एक जना अमेरिकी पुरुष र एक बोलेभियन महिला नागरिक छन् । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् । उनीहरुलाई सहज रुपमा सुत्न र बस्न गाह्रो भएको छ ।

Advertisement

नुवाकोट कारागारको क्षमता पुरुष र महिला गरी ५०/५० जनाको हो । तर यही कारागारभन्दा करिब ६ किलोमिटर दूरीमा विदुरमा आधुनिक सुविधासम्पन्न केन्द्रीय कारागार बनिरहेको छ ।

तीन वर्षदेखि कैदीबन्दीलाई स्थानान्तरण गर्ने भनिए पनि अहिलेसम्म भएको छैन ।

Advertisement

प्रतिक्रिया