राउतवेशीमा कांग्रेस र माओवादीका तीन दर्जन कार्यकर्ता एमाले प्रवेश

विदुर खबर २०७९ चैत ११ गते २१:४७

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ३ राउतवेशीमा नेपाली कांग्रेस र नेकपा माओवादीका गरि तीन दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् ।

Advertisement

नेकपा एमालेले आयोजना गरेको पार्टी सुदृढकरण तथा विस्तार अभियान अर्थात मिसन ग्रासरुट अभियान अन्र्तगत आयोजना गरिएको कार्यक्रममा नेपाली कांग्रेसका टोल ईकाइ सभापतिदेखि नेकपा माओवादी केन्द्रका वडासदस्यका प्रत्यासी समेत गरि ३२ जना नेता तथा कार्यकर्ताहरु नेकपा एमाले प्रवेश गरेका हुन् ।

उनीहरुलाई पार्टीका केन्द्रिय प्रतिनिधि माधव अर्याल र प्रदेश प्रतिनिधि गोकर्ण पाठक तथा नेकपा एमाले नुवाकोटका जिल्ला कमिटि सदस्य शुशिल खड्का लगायतले पार्टी प्रवेश गराएका थिए ।

Advertisement

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नुवाकोट क्षेत्र नम्बर २ का सांसद समेत रहेका अर्जुननरसिंह केसीको गाउँ राउतवेशीबाट नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले पार्टी छाड्न थाल्नु उचित नभएको नेपाली कांग्रेसका स्थानियह नेताहरुले बताउन थालेका छन् ।

अभियान अन्र्तगत दुप्चेश्वर गाउँपालिका वडा नम्बर ३ मा ८७ सदस्यीय वडा कमिटि गठन गरिएको नेकपा एमाले नुवाकोटले जनाएको छ ।

Advertisement

नेकपा एमालेले नुवाकोटसहित देशभर फागुन ५ गतेदेखि ग्रास रुट अभियान संचालनमा ल्याएको छ । जस अन्र्तगत अभियानमा नेता तथा कार्यकर्ताको घर घर पुगेर पार्टी र नेताप्रतिको अपेक्षा बुझ्दै विकास निर्माणका कार्यमा एमाले सत्तामा हुँदा विनियोजन गरेको बजेट, त्यसको कार्यान्वयन तथा प्रगतिका बारेमा जनताहलाई जानकारी दिने गरिएको छ ।

 

प्रतिक्रिया