संबिधान दिबस नुवाकोटमा भव्य पारिने,सरकारी कार्यलयमा ३ दिन दिपावली मनाइने
नुवाकोट भदौ २८÷आगमी ३ गते मनाईने संविधान दिवसको अवसरमा नुवाकोटका सरकारी कार्यलयले असोज २,३ र ४ गते दिपावली गर्ने भएका छन । जसका लागि संबिधान दिबस मनाउने मुल समारोह समिति समेत जिसस प्रमुख सन्तमान तामाङ नेतृत्वमा बनाइएको छ ।
नेपालको संविधान २०७२ जारी भएको अबसरमा नुवाकोटमा रहेका विभिन्न सरकारी तथा गैरसकारी कार्यलयले दिपावली गर्ने सर्वपक्षिय छलफलले निर्णय गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख सन्तामान तामाङको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी तथा विभिन्न सरकारी कार्यलयका कार्यलय प्रमुखसहितको बैठकले तेस्रो संविधान दिवस धुमधामका साथ मनाउने निर्णय गरेको हो ।
संविधान दिवसको अवसरमा एक दिनअघि शिक्षा विकास तथा समन्वय एकाईले बतृत्वकलाको आयोजन गर्ने र दिवसको दिन उत्कृष्ट भएकालाई सम्मान गरिने जिल्ला संबिधान दिबस मनाउने मुल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले बताउनुभयो । तामाङका अनुसार संविधान दिवसको दिन नुवाकोट आर्दश बहुमुखी क्याम्पस र विदुर नगरपालिका वडा नं १ काृ त्रिशुलीबाट विभिन्न सांस्कृति झाकीसहित र्यालीको आयोजना गरिने र सो र्याली जिससको कार्यलयमा पुगेर सभामा परिणत हुने बताइएको छ ।
यसैबिच संबिधान दिबस मनाउने मुल समारोह समितिले संबिधान दिवसको दिन पारेर नुवाकोटका सबै स्थानिय तह र नागरिकहरुलाई घरघरमा दिपावली गरी संविधान दिवस भन्य रुपमा मनाउन समेत आह्वान गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया