चैनपुरमा वस दुर्घटना हुँदा तीनजनाको मृत्यु, २५ जना घाइते
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १२ चैनपुरमा आज (बिहिबार) यात्रुवाहक वस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छनु ।
बट्टारबाट तारकेश्वर गाउँपालिका–१, दाङसिङ जाँदै गरेको बा.२ ख ८४५ नम्बरको बस विहीबार अपरान्ह विदुर नपा–१२ चैनपुरमा दुर्घटना भएको हो ।
दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य एक जनाको त्रिशुली अस्पतालमा उपचारको मृत्यु भएको हो । मृतकमध्ये २ जना पुरुष र एक महिला रहेको जिल्ला प्रहरी कार्यालयमा प्रवक्ता तथा डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
मृतक हुनेमा विदुर नगरपालिका वडा नम्बर ३ का ७३ वर्षिय वावुराम दजी, तारकेश्वर गाउँपालिका वडा नम्बर ६ का रामप्रसाद अर्याल र तारकेश्वर ६ कै सितादेवि अर्याल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । रामप्रसाद र सिदादेवि अर्याल रहेका छन् ।
घाइतेहरुको घटनास्थलबाट उद्धार गरी त्रिशूली अस्पतालमा उपचारको लागि ल्याइएको प्रहरीले जनाएको छ । सडकदेखि अन्दाजी ५० मिटर तल पुगेको वस र्दुघटनाको कारण भने खुलेको छैन । तर वसमा सवार ज्ञानवहादुर तामाडले भने वसको ब्रेक फेल भएर र्दुघटना भएको बताएका छन् । उनले वसको सिट समातेर आफुले ज्यान जोगाएको बताएका छनु ।
र्दुघटनापछि वसका चालक सहचालक फरार रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दुर्घटनामा ११ महिला, १० पुरुष ३ जना बालिका घाइते भएको प्रहरीले जनाएको छ ।
यसैविच वस दुर्घटनाको खवर सुन्नासाथ विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, विदुर १२ का वडाध्यक्ष लगायतले तत्काल घटनास्थलको अवलोकन गरि घाइतेहरुको उद्धार गर्न टोली खटाएका थिए ।
मेयर श्रेष्ठ र वडाध्यक्ष खड्काले घाइतेको उपचारमा कुनै कमी नगर्न समेत आग्ह गरेका थिए । वस दुर्घटना लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका साथै स्थानियहरु उद्धारमा खटिएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की





प्रतिक्रिया