News Flash: नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको चेताङमा सुख्खा पहिरो,पहिरोमा दुई फसे,उद्धारको प्रयास जारी

विदुर खबर २०७५ भदौ २७ गते १०:३४

नुवाकोट भदौ २७, नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं १ को चेताङमा सुख्खा पहिरोमा दुईजना फसेका छन ।

Advertisement

आज दिँउसो करिव १२ बजेदेखि जान सुरु गरेको सुख्खा पहिरोमा दुई जना परेको जिल्ला प्रहरी कार्यलयका नुवाकोटका प्रहरी प्रमुख कसन्त कुवँरले विदुरखबरलाई बताए । नुवाकोट रसुवा र सिन्धुपाल्चोकको सिमाना नजिक पहिरो गएको प्रहरीले बताएको छ । पहिरोमा फसेकाको उद्धार गर्न प्रहरी गईसककेको र उनीहरुलाई उद्धार गर्न नेपाली सेनालाई समेत आग्रह गरिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धववहादुर थापाले बताए ।

गोठमा रहेको भैसीलाई घाँस हाल्न जाँदा २ जना पहिरोमा फसेको र सम्पर्कविहिन भएको स्थानिय विद्याय श्री जानकी प्राथमिक विल्द्यालयकी शिक्षीका पिसाङ शेर्पाले टेलिफोनमा विदुरखबरलाई बताइन । पहिरोमा फस्नेमा दोर्जे शेर्पा र एङसेन शेर्पा रहेको बताइएको छ । पहिरोमा परी आङकाजी बावु शेर्पाको घर पुरीएको छ भने थप चार घर उच्च जोखिममा रहेको शिक्षीका शेर्पाले जानकारी दिएकी छिन ।

Advertisement

प्रतिक्रिया