सिलाई बुनाई श्रमिक संघ नुवाकोटको अध्यक्षमा रोजन नेपाली
विदुर खबर
२०७९ फागुन १ गते ११:१७


आइतवार सम्पन्न ५ औँ अधिवेसनले रोजन नेपालीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको छ । संघको उपाध्यक्षमा भिमकुमार दर्जी, महिला उपाध्यक्ष मिलन श्रेष्ठ, सचिवमा सविन नेपाली, सहसचिवमा चमेली वर्देवा, कोषाध्यक्ष अप्सरा लामिछाने चयन भएका छन् ।
यस्तै सदस्यहरुमा रामशुन्दर परियार, सर्मिला शाक्य बज्रचार्य, विष्णु बर्देवा, निता परियार, मेनुका वर्देवा र इन्दिरा नेपाली रहेका छन् । एक जना सदस्य कार्यसमतिले मनोनित गर्ने अध्यक्ष रोजन नेपालीले जानकारी दिनुभएको छ ।
नेपाली कांग्रेसको शुवेच्छुक संस्था ट्रेड युयिनय कांग्रेससँग आबद्ध नेपाल इम्ब्रोइडरी ह्याण्डीक्राफ्टले सिलाइबुनाई गर्ने, मुर्तिहरु बनाउने, कपडाबुन्ने, थांंङ्का बनाउने, भाडाकुडा बनाउने, कपडामा बुट्टा भर्ने लगायत पेशा व्यवसायमा आवद्ध श्रमिकहरुको हकहितमा केन्द्रित रहेर काम गर्ने गर्दछ । उनीहरुलाई तालिम प्रदान गरि दक्ष बनाउने र श्रमिकहरुलाई एकजुट बनाउने संघको मुख्य कार्य रहेको बताइएको छ ।
नेपाल इम्ब्रोइडरी ह्याण्डीक्राफ्ट तथा सिलाई बुनाई श्रमिक संघको निवर्तमान अध्यक्ष भोजबहादुर नेपालीको सभापतित्वमा अधिवेसन सम्पन्न भएको हो । अधिवेसनमा नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव सुरेन्द्रराज अधिकारी, ट्रेड युयिनय कांग्रेसका उपमहासचिव राधिका कुइकेुल, नेपाल इम्ब्रोइडरी ह्याण्डीक्राफ्ट तथा सिलाई बुनाई श्रमिक संघका केन्द्रीय अध्यक्ष तेजप्रसाद रिजाल, ट्रेड युयिनय कांग्रेसका केन्द्रीय सदस्य कुलबहादुर खड्का, ट्रेड युयिनय कांग्रेस जिल्ला अध्यक्ष शिव देवकोटा, इम्ब्रोइडरी ह्याण्डीक्राफ्ट तथा सिलाई बुनाई श्रमिक संघको केन्द्रीय उपाध्यक्ष प्रेम गिरी, नेपाली कांग्रेस नुवाकोटका पूर्व सदस्य विन्दा अर्याल लगायतले मन्तव्य राखेका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया