नुवाकोटको सारथी र श्रीकृष्ण सहकारी उत्कृष्ट बन्न सफल
नुवाकोट । राष्ट्रिय सहकारी बैंक लिमिटेडको नुवाकोट शाखाबाट सारथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले उत्कृष्ट कारोबार गर्न सफल भएको छ ।
बैंकले आर्थिक वर्ष २०७८/०७९ मा बैङ्कमा उत्कृष्ट कारोबार गर्ने र नियमित कारोबार गर्ने एक/एक सहकारी संस्थाको नाम सार्वजनिक गरेको हो । बैंकको १९औं वार्षिक साधारणसभाका अवसर सार्वजनिक गरिएको उक्त नतिजाले सारथी सहकारी उत्कृष्ट कारोबार र श्रीकृष्ण सहकारीले उत्कृष्ट नियमित कारोबार गर्न सफल भएको नुवाकोट शाखाका प्रमुख प्रदिप अर्यालले जानकारी दिए ।
बैंकमा सहकारीले बचत, शेयरलगायतका प्रावधानअनुसार नुवाकोट, धादिङ र रसुवा जिल्लाका ४२१ सहकारी मध्ये सारथी र श्रीकृष्ण सहकारी उत्कृष्ट विधामा परेको बताए । बैंकको एक कार्यक्रमबीचमा दुई सहकारीलाई सम्मान गरिने उनले बताए ।
बैंकले देशभरका आफ्ना शाखाहरु मार्फत् उत्कृष्ट कारोबार गर्ने र नियमित कारोबार गर्ने सहकारीको नाम सार्वजनिक गरिएको हो ।
बागमती प्रदेश अन्तर्गतका २७ शाखाहरुमा कारोबार गर्ने सहकारी संस्थामध्ये उत्कृष्ट कारोबार र नियमित कारोबार गर्ने विधा गरी ५४ सहकारी संस्थाको नाम सार्वजनिक गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु





प्रतिक्रिया