विदुर ९ का वडाध्यक्ष हरेराम भण्डारीले सफाई पाए

विदुर खबर २०७९ मंसिर १८ गते २१:१६

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष हरेराम भण्डारीले सफाई पाएका छन् ।

Advertisement

गत वैशाखमा सम्पन्न भएको स्थानिय निर्वाचनमा गठबन्धन दलको तर्फबाट नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा विजयी भएका भण्डारीलाई भष्ट्राचारको मुद्धा लागेसँगै निलम्बनमा परेका थिए ।

तर आईतवार विशेष अदालतले उनलाई सफाई दिएपछि उनी पुन वडाध्यक्षमा पुर्नवहाली भएका थिए ।

Advertisement

गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेद्धवार शनि चित्रकारलाई पराजित गरि भण्डारी वडाध्यक्षमा निर्वाचित भएका थिए ।

भण्डारीले ११ सय ४८ मत प्राप्त गर्दा १०५० मत प्राप्त गरेका थिए । चित्रकारले विदुर नगरपालिकामा उजुरी दिएपछि उनको कार्यपालिका सदस्यको हैसियत समेत निश्कृय भएको थियो ।

Advertisement

प्रतिक्रिया