बाघको दाह्रा निकासीको अभियोगमा किस्पाङका मङ्गलबहादुर घले पक्राउ

विदुर खबर २०७५ भदौ २५ गते ४:५२

Advertisement

नुवाकोट भदौ २५,  बाघको दाह्रा चीनतर्फ निकासी गर्न खोजेको अभियोगमा दुई व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक एवं निमित जिल्ला प्रहरी प्रमुख ओमप्रकाश वाग्लेका अनुसार पक्राउ पर्नेमा नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–३ बस्ने वर्ष ४२ का मङ्गलबहादुर घले र रसुवा गोसाईकुण्ड गाउँपालिका–२ बस्ने ५३ वर्षीय कामी तामाङ रहेका छन् । घलेलाई केही दिन अगाडि र तामाङलाई आज बिहान नियन्त्रणमा लिइएको हो । बा६ख ४९४२ नम्बरको कन्टेनर डिब्बाको गियर बक्सभित्र राखी चीनतर्फ लान लागेको चार वटा बाघको दाह्रासहित चालक घलेलाई प्रक्राउ गरिएको र चालक घलेको बयानका आधारमा तामाङ संलग्न भएको आशङ्कामा सोधपुछका लागि पक्राउ गरिएको निमित्त प्रहरी प्रमुख वाग्लेले बताउनुभयो ।

Advertisement

प्रहरीद्वारा पक्राउ गरी ल्याइएको बाघको चार थान दाह्रा आठ सेन्टीमिटर लामो भएको र परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइ ओखेटोपहार मुद्दाअन्तर्गत अनुसन्धान जारी रहेको लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सूर्य खडकाले बताउनुभयो । चालकले दिएको बयानका आधारमा आरोपित एकजना पक्राउ गर्न सफल भए पनि अन्य दुई जनाको भने प्रहरीबाट खोजी कार्य तीब्र पारिएको निमित प्रहरी प्रमुख वाग्लेले बताउनुभयो ।

सवारी साधन जाँच गर्ने आधुनिक उपकरण नहुँदा तस्करहरुले सवारी साधनका विभिन्न भागमा लुकाई गैर कानुनी कार्य गर्न थालेपछि नेपाल प्रहरीले निगरानी कार्यलाई तीब्र पारिएको बताइएको छ । सुन प्रकरणपछि नेपाल चीनको उत्तरी सिमाना रसुवागढीबाट मोटरसाइकल तथा साना सवारी साधन केरुङ जान प्रहरीले रोक लगाएपछि अहिले सामान आयात निर्यात गर्ने कन्टेनर डिब्बाका विभिन्न भागमा लुकाई तस्कर गर्न थालेकाले झोला, शरीर र सवारी साधनका विभिन्न भाग परीक्षण कार्यलाई थप तिब्रता दिइएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया