नुवाकोटमा मतगणनाको तयारी, साढे ११ बजेबाट शुरु हुने
नुवाकोट । नुवाकोटमा आज विहान साढे ११ बजेबाट मतगणना शुरु हुने भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाको दुबै क्षेत्रमा विहान साढे ११ बजेबाट मतगणना गर्ने तयारी गरिएको छ ।
भर्रखरै नुवाकोट क्षेत्र नम्बर २ मा सर्वदलिय बैठक सम्पन्न भएको छ भने क्षेत्र नम्बर १ मा बैठक बसीरहेको छ ।
आयोगको परिपत्र अनुसार संघ र प्रदेसको प्रत्यक्ष र समानुपातिक मतगणना एकै पटक सुरु हुने बताइएको छ । मतगणनाको लागी एक मतदान केन्द्रको चारवटा मत पत्र खसालिएको चारवटा मत पेटिका एकै पटक गणना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
क्षेत्र नम्बर १ को मतगणना तादी गाउँपालिकाको खरानीटारमा र क्षेत्र नम्बर २ को मतगणना जिल्ला अदालत नुवाकोटको परिषरमा हुने बताइएको छ ।
कार्यालयका अनुसार कुनै एक बाकसमा खसाल्नु पर्ने मत अर्को बाकसमा परेको खण्डमा पनि त्यसलाई गणनाको लागी सदर मानिनेछ ।
गणनाको लागी नुवाकोटको दुई वटै निर्वाचन क्षेत्रमा ४–४ वटा मात्रै गणना स्थल रहेको, बढाउनको लगी स्थान र कर्मचारीको अभावले ४–४ ठाँउमा मात्रै गणना हुने हुदाँ मतपरिणाम आउन ढिलो हुने बुझिएको छ ।
आईतवार सम्पन्न भएको मतगणनामा नुवाकोटमा झण्डै ५४ प्रतिशत मत खसेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की





प्रतिक्रिया