नुवाकोटमा शान्तिपुर्ण रुपमा मतदान शुरु

विदुर खबर २०७९ मंसिर ४ गते ८:२७

नुवाकोट । आगामी पाँच वर्षका लागि प्रतिनिधि र प्रदेश सभा सदस्य चयन गर्नका लागि नुवाकोटमा विहान ७ बजेदेखि मतदान भएको छ ।

Advertisement

मतदान सुरु हुनुअघि नै केही मतदाता मतादान केन्द्र पुगेर लाइनमा बसेर मतदान गर्न थालेका हुन् । २ संघ र ४ प्रदेश सभाका लागि नुवाकोटमा दुईसय ८८ मतदान केन्द्र र एकसय ३२ मतदानस्थल निर्धारण गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालयकाअनुसार निर्वाचनको लागि नुवाकोटको क्षेत्र नम्बर १ र २ मा बराबर एकसय ४४ मतदान केन्द्र निर्धारण गरिएको छ ।

Advertisement

तथ्यांकअनुसार प्रतिनिधिसभा सदस्यको लागि नुवाकोटको क्षेत्र नम्बर १ मा महिला ५७ हजार ४०६, पुरुष ६३ हजार ३४३ र अन्य तीन गरी कुल एकलाख २० हजार ७५२ मतदाताले ६८ मतदातास्थलबाट मतदान गर्नेछ ।

यस्तै, नुवाकोटको क्षेत्र नम्बर २ मा महिला ५८ हजार ३७६ र पुरुष ६० हजार ५९८ एकलाख गरी कुल १८ हजार ९७४ मतदाताले ६४ मतदातास्थलबाट मतदान गर्नेछ ।

Advertisement

प्रतिनिधिसभा सदस्यतर्फ क्षेत्र नम्बर १ मा १४ राजनीतिक दलबाट उम्मेदवारी दिएका छन् भने स्वतन्त्रबाट तीनजना उम्मेदवारले आफ्नो उम्मेदवारी दिएका छन् । जसमा महिला तीन र पुरुष १४ जना रहेका छन् ।

यस्तै, क्षेत्र नम्बर २ मा आठ राजनीतिक दलबाट उम्मेदवारी दिएका छन् भने स्वतन्त्रबाट तीनजना उम्मेदवारले आफ्नो उम्मेदवारी दिएका छन् । जसमा महिला तीन र पुरुष आठजना रहेका छन् ।

नुवाकोटका १७ सय २२ जना अस्थायी मतदाताले दुईवटा अस्थायी मतदान केन्द्रबाट मतदान गर्ने छन् ।

 

प्रतिक्रिया