नुवाकोटका ५७ मतदानस्थल अति संवेदनशील

विदुर खबर २०७९ कार्तिक २९ गते ११:५१

नुवाकोट ।  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा राखिएका १ सय ९ मतदानस्थल संवेदनशील छन् ।

Advertisement

जिल्ला सुरक्षा समितिको बैठकले ५७ अति संवेदनशील, ५२ संवेदनशील र २३ सामान्य भनेरर वर्गीकरण गरेको छ । नुवाकोटमा १३२ मतदानस्थल छन् । २८८ मतदान केन्द्र र २ अस्थायी मतदान केन्द्र रहेको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाको निर्वाचन विरोधी गतिविधि, अपराधिक गतिविधि, जातीय क्षेत्रीयता साम्प्रदायिकता, विगतमा देखिएको निर्वाचनमा भए गरेका विवाद लगायतका आधारमा मतदानस्थलको वर्गीकरण गरिएको समितिले जनाएको छ ।

Advertisement

त्यसमा जिल्लाको भौगोलिक विकटतालाई लिएर उक्त वर्गीकरण गरिएको नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले बताए । त्यही संवेदनशीलताको आधारमा समस्या देखिएका मतदानस्थलमा सुरक्षाकर्मी परिचालन गरिने उनले बताए ।

अति संवेदनशील भनिएका निर्वाचन क्षेत्र नं. २ को विदुर नगरपालिका बाहेकका मतदानस्थल छन् । त्यसमा बेलकोटगढी नगरपालिका भित्रका, तारकेश्वर गाउँपालिका, म्यागङ गाउँपालिका र किस्पाङ गाउँपालिकाका मतदानस्थल रहेका छन् । निर्वाचन क्षेत्र नंं १ मा ककनी गाउँपालिका, पञ्चकन्या गाउँपालिका, शिवपुरी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, सूर्यगढी गाउँपालिका, लिखु गाउँपालिाका र तादी गाउँपालिकाभित्रका मतदानस्थल रहेका छन् । निर्वाचन क्षेत्र नंं २ मा पर्ने विदुर नगरपालिकाका १ वटा अति संवेदनशील, १० संवेदनशील, १५ सामान्य मतदानस्थल रहेका छन् ।

Advertisement

बेलकोटगढी नगरपालिकामा १२ अति संवेदनशील, ४ संवेदनशील भनेर राखिएको छ । त्यसैगरी तारकेश्वर गाउँपालिकामा २ अति संवेदनशील, ६ संवेदनशील रहेको छ । म्यागङ गाउँपालिकामा २ वटा अति संवेदनशील, ५ वटा संवेदनशील रहेको छ । किस्पाङ गाउँपालिकामा ३ वटा अति संवेदनशील र ३ संवेदनशील मतदानस्थल रहेका छन् ।

निर्वाचन क्षेत्र नंं १ मा पर्ने मतदानस्थलहरुमा ककनी गाउँपालिकाको ७ वटा मतदानस्थल अति संवेदनशील, ४ वटा संवेदनशील रहेका छन् । दुप्चेश्वर गाउँपालिकामा १० अति संवेदनशील, ३ वटा संवेदनशील र ३ सामान्य मतदानस्थल रहेका छन् । पञ्चकन्या गाउँपालिका २ अति संवेदनशील र ४ संवेदनशील र बाँकी सामान्य रहेका मतदानस्थल छन् ।

शिवपुरी गाउँपालिका ५ अति संवेदनशील र ६ संवेदनशील मतदानस्थल रहेका छन् । सूर्यगढीगाउँपालिका ४ अति संवेदनशील, ४ संवेदनशील र २ सामान्य मतदानस्थल रहेका छन् । लिखु गाउँपालिका १ अति संवेदनशील, ३ वटा संवेदनशील र ३ वटा सामान्य अवस्थाका मतदानस्थल रहेका छन् ।

तादी गाउँपालिकामा १ वटा मात्र संवेदनशील, ५ संवेदनशील र १ वटा सामान्य मतदानस्थल रहेका छ्न । नुवाकोटमा २ लाख ३९ हजार ७२६ मतदाता छन् । मतदानस्थल सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी र म्यादी, त्यसपछि सशस्त्र र नेपाली सेनाले सुरक्षा घेरा दिएर मतदानस्थलको सुरक्षा दिने समितिले जनाएको छ ।

प्रतिक्रिया