रसुवामा वाम लोकतान्त्रिक गठबन्धन र एमालेबीच प्रतिस्पर्धा
रसुवा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा रसुवाका उम्मेदवारहरु मत माग्न र प्रचारप्रसार गर्न घरदैलो अभियामा व्यस्त छन् ।
जिल्लामा प्रमुख दलहरुले घरदैलो अभियालाई तीव्रता दिएका हुन् । हिमाली जिल्ला रसुवामा चिसो बढे पनि यहाँको चुनावी माहोल भने तातिँदै गएको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा वाम लोकतान्त्रिक गठबन्धन र नेकपा एमाले लगायतका अन्य साना दलहरुले पनि आफ्नो प्रचारप्रसारलाई तीव्र दिएका छन् । उम्मेदवारहरू घर घर पुगेर मतदाता भेटघाट गरिरहेका छन् ।
रसुवामा प्रतिनिधिसभाका लागि १ र प्रदेशसभाका लागि २ निर्वाचन क्षेत्र रहेको छ । वाम लोकतान्त्रिक गठबन्धन र एमालेका उम्मेदवारहरुले निर्वाचन अभियानलाई तीव्रता दिएका छन् । विकासको मिठो आश्वासन बोकेर उम्मेदवार गाउँ पसेका छन् । जिल्लाको उतरी क्षेत्रमा झुरुप्प बस्ती भएकाले भेला गरेर सामूहिक रुपमा उम्मेदवारहरुले मत मागेका छन् । जिल्लाको उतरी क्षेत्रमा चिसो बढ्दै गएको छ । चिसो बढेकाले उतरी क्षेत्रमा उम्मेदवारहरुले घरदैलो अभियानलाई सकाएका छन् ।
एमालेले जिल्लाको उतरी भेग हाकु, गतलाङ, गोल्जुङ, चिलिमे, थुमन, टिमुरे, बृदिम, स्याफ्रु, धुन्चे राम्चे लगायतका क्षेत्रमा घरदैलो अभियान सकिसकेको बताएको छ । जिल्लाको दक्षिण भेग कालिका, उत्तरगया गाउँपालिको धेरै वडामा घरदैलो अभियान सकिएको तथा नैकुण्ड गाउँपालिकामा जारी रहेको नेकपा एमालेका उपसचिव कैसाङ नुर्पु तामाङले बताए । वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले पनि उतरी भेगका हाकु, गतलाङ, गोल्जुङ, चिलिमे, थुमन, टिमुरे र बृदिममा घरदैलो अभियान सकिएको बताएका छन् । वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवरले पनि जिल्लाको दक्षिण भेगमा घरदैले अभियान जारी राखेका छन् । घरदैले अभियान नैकुण्ड गाउँपालिकामा सकिएको वामलोकतान्त्रिक गठबन्ध चुनाव प्रचासप्रसार समितिका संयोजक जनक जीवन उपाध्याले बताए । ‘कालिका र उत्तरगया गाउँपालिकामा जारी छ’, उनले भने, ‘पाँच गाउँपालिका रहेको रसुवामा २७ वटा वडा रहेको छ ।’ जिल्लामा वाम लोकतान्त्रिक गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिन्छ । कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा निर्वतमान प्रतिनिधिसभा सदस्य मोहन आचार्य पुन: उम्मेदवारमा दोहोरिएका छन् । नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जिन तामाङ २०७० को संविधान सभाका सदस्य हुन् ।
दुवै उम्मेदवारले रसुवाको विकासलाई मुख्य चुनावी एजेन्डा बनाएका छन् । कांग्रेसका उम्मेदवार मोहन आचार्यको प्रमुख चुनावी एजेन्डा भनेको नौकुण्ड खानेपानी रहेको छ । त्यस्तै विगतमा पूरा गर्न बाँकी रहेका विकासका काम पूरा गरी सम्मुनत रसुवा निर्माण गर्ने आफ्नो प्रमुख एजेन्डा रहको आचार्यले बताए । ‘रसुवागढी नाका व्यवस्थापन, सडक, जलविद्युत्, पर्यटन, जडिबुटी खेती, पशुपालन, कृषि, स्वास्थ्य, शिक्षा र रोजगार लगायत छन्,’ उनले भने, ‘मुख्य एजेन्डा रसुवाको विकास हो ।’
एमालेका उम्मेदवार छोवाङ तेन्जिन तामाङले प्रमुख चुनावी एजेन्डा भनेको रसुवामा पैसाको राजनीति अन्त्य गर्नु रहेको बताएका छन् । ‘किसानको छोरा राजनीतिमा आउन सक्ने बनाउन छ,’ उनले भने । रसुवा जिल्लामा जलविद्युत्को अपार सम्भावना रहेकाले आफू निर्वाचित भएपछि जलविद्युत्को व्यवस्थापन गर्ने तामाङले दाबी गरे । पर्यटनको विकास र रसुवागढी नाका व्यवस्थापन गर्ने मुद्दालाई पनि तामाङले अघि सारेका छन् । ‘कृषि, पशुपालनमा आधुनिकीकरण र बजार व्यवस्थापन पनि रहेको छ,’ उनले भने, ‘सडक, स्वास्थ्य, शिक्षा र रोजगार लगायत विकासका मुद्दा छन् ।’ संविधानसभा सदस्य हुँदा पूरा गर्न नसकेको बाँकी रहेका अपूरा काम गर्ने तामाङले बताए ।
पर्यटनको विकास र रसुवागढी नाका व्यवस्थापन गर्ने दुवै उम्मेदवारको एजेन्डामा परेको छ । सडक जिल्लाका प्रत्यक बस्तीमा पुगेको छ । खनिएका ग्रामीण सडक बाह्रै महिना सञ्चालन हुने गरी स्तरोन्नति गर्ने दुवै उम्मेदवारले बताए । ‘जनताले दिएको पहिलो जिम्मेवारी भनेको संविधान लेख्नु थियो त्यो म संविधानसभा सदस्य हुँदा पूरा भएको छ,’ तामाङले भने । जनताले दिएको जिम्मेवारी आफूले पूरा गरेकाले जनताले फेरि पनि आफूलाई मत दिएर निर्वाचित गर्ने तामाङले बताए । २०७४ सालमा आफू निर्वाचित भएपछि रसुवा जिल्लामा धेरै विकासका काम भएको आचार्यले दाबी गरे । ‘जनताले हाम्रोभन्दा पनि राम्रो काम गर्ने व्यक्तिलाई चाहेका छन्,’ उनले भने । घरदैलोमा रहेका उम्मेदवारहरुले पनि मतदाताको मनस्थिति बुझ्न र आफ्नो पक्षमा मत लिन भरमजदुर कोसिस गरिरहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट
आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं





प्रतिक्रिया