गायक प्रकाश दुतराजद्वारा आत्महत्याको प्रयास

विदुर खबर २०७९ कार्तिक २२ गते ७:०८

नुवाकोट । लोकप्रिय गायक प्रकाश दुतराजले आत्महत्याको प्रयास गरेका छन् ।

Advertisement

कार्यक्रमकालागि अष्ट्रेलिया पुगेका प्रकाशले होटलको कोठामा आत्महत्या गर्ने कोशिस गरेका हुन् । आइतबार मध्यरातमा ब्रिसबेनस्थित होटलको आफू सुतेको कोठामा उनले झुण्डिने प्रयास गरेका हुन् । गायिका भूमिका गिरी सहित सांगितिक प्रस्तुतिकालागि उनी अष्ट्रेलिया पुगेका थिए ।

संगीतकार तथा सर्जक समेत रहेका प्रकाशको कोठाबाट आवाज सुनेपछि नजिकैको कोठामा रहेकी भूमिकाले प्रकाशको उद्धार गरेकी थिइन् । यद्यपी हालसम्म गायक प्रकाशले आत्महत्या गर्नुको कारण खुलेकाे छैन ।

Advertisement

घर कता हो बैनीको, जाम् भो माइली, मन भुल्छ र हालसालै रिलिज भएको देउरालीमालगायतका उनका गीतहरु निकै चर्चित छन् ।

 

Advertisement

 

प्रतिक्रिया