तरुण दल पञ्चकन्या गाउँपालिकाको अध्यक्षमा सुनिल दोर्जे

विदुर खबर २०७९ कार्तिक ११ गते ९:४६

नुवाकोट । नेपाली कांग्रेस निकट युवा संगठन नेपाल तरुण दल पन्चकन्या गाउँपालिकाको अध्यक्षमा सुनिल दोर्जे लामा चयन भएका छन् ।

Advertisement

गत शुक्रबार गाउँपालिकाको नवनिर्मित भवन नजिकै भएको भेलाले लामालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

यस्तै उपाध्यक्षमा सचिन तामाङ, सचिवमा रामेश्वर खतिवडा, सह–सचिवमा रामबाबू कार्की, कोषाध्यक्षमा अमित तामाङ लागायत १५ सदस्य पलिका स्तरीय तरुण दल गठन गरिएको क्षेत्र नम्बर १ निर्वाचन परिचालन समितिका सन्जिव गुरुङले जानकारी दिए ।

Advertisement

भेलाले तरुण दललाई गाउँपालिकाभर चलायमान बनाउने र निर्वाचनमा पार्टीका उम्मेद्धवारलाई विजय गराउन सबै लाग्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया