नुवाकाेटकाे बट्टार वसपार्क संचालनमा
विदुर खबर
२०७९ असोज २६ गते १४:३७
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा रहेको वसपार्क संचालन आएको छ ।
बुधवार नगरपालिकाका मेयर राजन श्रेष्ठ उपमेयर प्रभा बोगटी लगायतले वसपार्क संचानलमा ल्याएका हुन् ।
बुधवार विहान नुवाकोटबाट काठमाण्डौ जान लागेको वसको चालक र यात्रुलाई खादा ओडाएर वसपार्क संचालनको शुभारम्भ गरेका हुनु ।
वसपार्क संचालनमा आएसँगै अब त्रिशुलीको वसपार्क र बट्टार वसपार्कमा मात्र टिकट काट्ने व्यवस्था मिलाइएको छ ।
वि.स २०६८ सालमा निर्माण सम्पन्न भएको वसपार्क संचालन गर्न यसअघिका नगरपालिकाको नेतृत्वले प्रयास गरेपनि यातायात व्यवसायी र केही समुहको स्वार्थको कारण वसपार्क संचालन हुन सकेको छैन ।
Advertisement
वसपार्क संचालनको लागि नगरपालिकाले विराट निर्माण सेवालाई ठेक्कामार्फत गाडीहरुको शुल्क उठाउने जिम्मेवारी दिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया