संसदीय राजनितिबाट विश्राम लिँदै डा. रामशरण महत
नुवाकोट । नेपाली कांग्रेसका नेता तथा पुर्व अर्थमन्त्रि डा. रामशरण महतले संसदीय यात्राबाट विश्राम लिएका छन् ।
नुवाकोट क्षेत्र नम्बर १ बाट अघिल्लो चुनाव अर्थात २०७४ को संददीय निर्वाचनमा माओवादी केन्द्रका हितबहादुर तामाङसँग पराजित महत यसपटक प्रत्यक्षतर्फ चुनाव लड्न अघि सरेनन । युवाहरुलाई नेतृत्व हस्तान्तरण गर्ने भन्दै डा. महतले यसपटक टिकटको लागि दाबी नगरेका हुन् ।
७२ वर्षीय डा. महत विद्यार्थीकालदेखि नै नेपाल विद्यार्थी संघमार्फत प्रजातान्त्रिक आन्दोलनमा सक्रिय थिए । २०२३ सालदेखि नेपाली राजनीतिमा रहेका डा.महत प्रजातन्त्रको पुनर्बहाली भएपछि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भए ।
कांग्रेसको सरकारमा पटक–पटक अर्थमन्त्री भए । परराष्ट्रमन्त्री भएर पनि काम गरेका थिए । उनको नेपालको अर्थ–राजनीतिक विश्लेषण गरिएका थुप्रै पुस्तक र लेखहरु प्रकाशित छन ।
६ पटक अर्थमन्त्री भएका महतलाई सन २०१५ मा बेलायतको प्रसिद्ध म्यागेजिन दि ब्यांकरले उत्कृष्ट अर्थमन्त्रीको अवार्ड समेत दिएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया