नुवाकोट क्षेत्र नम्बर २ मा स्वतन्त्र पार्टीबाट पाण्डेको उम्मेदवारी घोषणा
विदुर खबर
२०७९ असोज १४ गते ६:५२

नुवाकोट । नुवाकोट क्षेत्र नम्बर २ मा स्वतन्त्र पार्टीबाट पर्यटन व्यवसायी सुमन पाण्डेले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका छन ।
बिहीबार नुवाकोटको भैरवी मन्दिरमा पूजाअर्चना गरेर पाण्डेले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । पाण्डेले नुवाकोट दरबारक्षेत्रका स्थानीयलाई साक्षी राख्दै राष्ट्रिय स्तन्त्र पार्टीबाट नुवाकोट २ को प्रतिनिधिसभामा आफ्नो उम्मेदवारी रहने जानकारी दिए ।
उनले यस विषयमा पार्टीले चाँडै नै निर्णय गर्ने पनि बताए । पाण्डे दरबार क्षेत्रकै स्थानीय हुन । कालु पाँडेका सन्तान उनी पर्यटनमा कहलिएका व्यक्ति हुन ।
नुवाकोटका जनताका लागि सुमन परिचन अनुहार नै हुन । पाण्डेको उम्मेदवारीले गठबन्धनको उम्मेदवार समस्यामा पर्न सक्ने अनुमान गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया