१३ लाख बालबालिका प्रभावितहुने गरी खोसियो विद्यार्थीको खाजा, बालकालिकाले पाएको पोषणयुक्त खाजामा किन डाहा ?

काठमाडौं, भदौ २१, २०६७ सालदेखि प्राथमिक तहका विद्यार्थीलाई दिइँदै आएको दिवाखाजा कार्यक्रम मन्त्रिपरिषद्ले कटौती गर्ने निर्णय गरेपछि १३ लाख बालबालिका प्रभावित हुने भएका छन् ।
२०५२ देखि चलिरहेको राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा चलिरहेको शिक्षाका लागि खाद्य परियोजना पनि प्रभावित हुने भएको छ । यो कार्यक्रमअन्तर्गत २ लाख ६० हजार बालबालिकाले दिवाखाजा पाउँदै आएका छन् ।संविधानले प्राथमिक शिक्षालाई अनिवार्य र माध्यमिकलाई निःशुल्क गरेलगत्तै सरकारले दिवाखाजा कार्यक्रम कटौती गरेको हो । ठूलो संख्यामा विद्यालयबाहिर रहेका विद्यार्थीलाई स्कुलमा तान्न र टिकाइराख्न दिवाखाजाको व्यवस्था गरिएको थियो ।
पिछडिएका र मानव विकास सूचकांकमा पछि परेका जिल्लाका बालबालिकालाई पोषणयुक्त खानाको मात्रामा समेत सहयोग पुर्याउने भनेर दिवाखाजा कार्यक्रम सुरु गरिएको थियो । तर, अनिवार्य तथा निस्शुल्क शिक्षासम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको मस्यौदाबाट दिवाखाजा कार्यक्रम हटाइएको छ । शिक्षा मन्त्रालयले बनाएको मस्यौदामा पोसाक र दिवाखाजा व्यवस्था गरिए पनि मन्त्रिपरिषद्ले यी दुवै सुविधा हटाई संसद्मा विधेयक पेस गरेको हो । ‘पहुँच नहुने वर्गका निम्ति दिवाखाजा र त्यसमा पनि नगद नै उपलब्ध गराउँदा बढी प्रभावकारी हुने भएकाले नयाँ मोडेल सुरु गरिएको हो,’ शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले भने, ‘कानुनमा हटाइँदा कार्यक्रम निरन्तर राख्न बाधा पुग्छ ।’
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मौलिक हकलगायतका ऐनमा यस्ता सुविधा राखिएकाले सरकारले हटाएको बताए । ‘यो सरकारले लोककल्याणकारी मोडेलबाट समाजवादी मोडेलतर्फ जाने नीति लिएको छ,’ पोखरेलले भने, ‘विद्यालय शिक्षामा बालबालिकाको मौलिक हकसँग अरू ऐन पनि गाँसिएकाले दिवाखाजा कटौतीमा परेको हो । हामी कति गर्न सक्छौं, क्रमशस् गर्दै जानेछौं ।’ विधेयकमाथि संसद्मा छलफल सुरु भएको छ । नगद मोडेलका निम्ति यस आर्थिक वर्षमा ३ अर्ब ५६ करोड ७६ लाख ९४ हजार रुपैयाँ विनियोजन भएको छ ।
दिवाखाजाको रकमबारे स्थानीय सरकार (नगरपालिका र गाउँपालिका) ले विद्यालय अनुगमन तथा वितरण गर्ने व्यवस्था गरिएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालका अनुसार मन्त्रिपरिषद् कार्यालयले खाद्य र रोजगारीको हकलाई मौलिक हकअन्तर्गत राखिएको भन्दै शिक्षा विधेयक मस्यौदाबाट बालबालिकाका निम्ति दिवाखाजा, पोसाक, स्टेसनरीलगायत कार्यक्रम मन्त्रि
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया