बेलकोटगढीकाे निरञ्जना भगवती मन्दिरमा १ सय ८१ घरमा सामूहिक जमरा राखियाे
नुवाकाेट । विगतको परम्परालाई निरन्तरता दिँदै नुवाकोटको बेलकोटगढीस्थित निरञ्जना भगवती मन्दिरमा यस वर्ष पनि सामूहिक जमरा राखिएको छ । यो वर्ष १ सय ८१ परिवारले मन्दिर नजिकै रहेको कोटघरमा सामूहिक जमरा राखेका हुन् ।
पृथ्वीनारायण शाहको पालादेखि मन्दिरमा सामूहिक जमरा राख्ने चलन चलिआएको स्थानीयहरुको विश्वास रही आएको छ । र्पथ्वीनारायण शाहले निरञ्जना भगवतीलगायतका शक्तिपीठहरुको आर्शिवाद लिएर नुवाकोट एकीकरण अभियान सफल पारेको भन्ने विश्वासमा यहाँ सोही बेलादेखि जमरा राख्ने र खुशीयाली बाड्ने गरिएको मन्दिरका पुरोहित नारायणप्रसाद पौडेलले बताए ।
बेलकोटगढी नपा–१० (बेलकोटगढी) मा रहेको यो वर्ष मन्दिरमा गाउँका ११ दलित परिवारले जमरा राखेका छन् । ‘मन्दिरमा दलित र गैर दलितले एकसाथ जमरारा राख्ने चलन राजा पृथ्वीनारायण शाहको पालादेखिकै हो’ मन्दिरका उपासे मानबहादुर रानाले भने– ‘देशमा हुने गरेका ठूला ठूला संकटको बेलामा पनि यहाँ पुजा र जमरा रोकिएको छैन ।’ निरञ्जना भगवति गढी क्षेत्र विकास संरक्षण समितिका पूर्व अध्यक्ष कालीबहादुर तिवारी पनि आफू जान्ने हुँदादेखि अहिलेसम्म मन्दिरको दशैं पुजा नरोकिएको बताए । यो मीन्दरमा काठमाडौं हनुमानढोकाको वैद्धिक विधि अनुसार नै पुजा सञ्चालन हुँदै आएको छ । हनुमान ढोकाको पुजा विधि विशेष खालको हुने गरेको पुजा सञ्चालन समितिका अध्यक्ष डिलबहादुर मानन्धरले बताए ।
वढादशैंमा काठमाडौं हनुमानढोकाको बैद्धिक विधि अनुसार यहाँ दश दिनसम्म नियमिति पुजा हुँदै आएको छ । मन्दिरमा सामूहिक जमरा राख्ने र कोतघरको पुजा काठमाडौंको हनुमान ढोकाको जस्तै विधि अनुसार गर्ने गरिएको स्थानीयहरुको दावी रहेको छ । स्थानीयबासीहरुले पहिले पहिले प्रसादको रुपमा जमरा राख्ने गरिएकोमा पछि विकसिक हुँदै जाँदा सामूहिक रुपमा राख्ने गरिएको बताउँछन् ।
सामूहिक जमराले गाउँमा सद्भाव र भातृत्वको विकास गरेको स्थानीयहरु बताउँछन् । मन्दिरमा पुजारी र पुरोहित स्थानीय पौडेल समुदायका रहेका छन् भने उपासे भनिने कर्ता भने रानामगर समुदायका छन् ।
पृथ्वीनारायण शाहले नुवाकोट विजयी पश्चात विजयत्सवको लागि आफूहरुसँगै आएका पौडेललाई पुजारी र जयन्त रानाका खलकलाई मन्दिरको उपासे राखेका थिए । पुजा सञ्चालनको लागि गुठी जग्गाको व्यवस्था गरेको भएपनि अहिले कतिपय ती गुठी जग्गा दर्ता भइसकेको बेलकोटगढी नपा वडा नं. १० का वडा अध्यक्ष प्रलादप्रसाद थपलियाले बताए । मन्दिरको नाममा ३ सय ९१ रोपनी जग्गा गुठी रहेपनि सो जग्गाबाट मन्दिरको पुजा सञ्चालनमा सहयोग नपुगेकोले ६ वर्षदेखखि स्थानीय तहको सहयोगमा पुजा सञ्चालन हुँदै आएको छ ।
मन्दिरको पुजा सञ्चालनको लागि पुरातत्व विभागले समेत विगतका वर्षहरुका अनुदान दिँदै आएकोमा केही वर्षदेखि अनुदान कटौती गरिदिएको र मन्दिर निर्माणमा पनि विभागले आलटाल गरिरहेको उपासे मानबहादुर रानाले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया