निजामति सेवा दिवसको अवशरमा कृषि सामाग्रि केन्द्र लिमिटेडको परिसरमा बृक्षारोपण

विदुर खबर २०७५ भदौ २१ गते ४:३०
????????????????????????????????????

नुवाकोट भदौ २१, निजामति सेवा दिवसको अवसरमा कृषि सामाग्रि केन्द्र लिमिटेडको परिसर विदुरमा आज बृक्षारोपण गरिएको छ ।

यस्तै, नेपाली काँग्रेसका युवा नेता रमेशकुमार महतले निजामति कर्मचारी मार्फत राज्य संयन्त्र सञ्चालन हुदै आएको बताउनुभएको छ । उहाँले २०७० सालमा देशमा उत्पन्न भएको संकट समाधानको लागी पूर्व–प्रधानन्याधीशलाई अन्तरिम मन्त्रीपरिषद्को अध्यक्ष बनाएर उहाँकै नेतृत्वमा दोश्रो संबिधानसभाको निर्वाचन समेत समपन्न गराएको स्मरण गराउदै निजामति कर्मचारीको भूमिकाको प्रशंसा गर्नुभएको छ ।यस्तै, जिल्ला समन्वय समितिका उपप्रमुख अप्सरा थापाले राजनीतिक नेतृत्वले नीति निर्माण गरेपनि त्यसको कार्यान्वयन कर्मचारीले गर्नुपर्ने भएकाले समन्वयन र आपसी सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ ।

यस्तै, आधिकारिक ट्रेड युनियनका केन्द्रीय महासचिव सुबोधकुमार देवकोटाले निजामति सेवा दिवसलाई कर्मचारीको क्षमता बृद्धि तथा कार्य क्षमता र अनुभवको आधारमा पदोन्नती एवम् रोजगारीमा सेवा, सुरक्षा तथा सुनिश्चित भविष्यको लागी आफूहरुले संघर्ष गर्दै आइरहेको बताउनुभएको छ ।यस्तै, युनियन संघका जिल्ला अध्यक्ष निलमकुमार भुसालले मुलुकभर एक लाख भन्दा बढी रहेको निजामति कर्मचारीले पु¥याएको योगदान र जीवनको उर्वर समय राष्ट्रिय सेवाको भावमा खर्चिएकाले राज्यले उचित सम्मान र सेवा प्रतिको आकर्षण बढाउनुपर्ने बताउनुभएको छ ।

कार्यक्रममा नेपाली सेनाको श्रीनाथ गणका गणपति अञ्जन रुपाखेती, जिल्ला समन्वय समितिका समन्वय अधिकारी सच्युतराज उप्रेती सहित विभिन्न सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, पेशागत कर्मचारी संगठनका प्रमुख एवम् पं्रतिनिधि लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो । निजामति सेवा दिवसको अवसरमा यसअघि बुधबार कर्मचारी संगठनको आयोजनामा कर्मचारी मिलन केन्द्र विदुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

‘नतिजामुखी प्रशासन : समृद्धि र सुशासन’ भन्ने नाराको साथ मनाउन लागिएको निजामति सेवा दिवसको अवशरमा २२ गते शुक्रबार मुख्य दिन बिहान बट्टारदेखि विदुरसम प्रभातफेरी सहित प्रवचन एवम् अन्तरक्रिया लगायतका कार्यक्रम गरी दिवस मनाउन लागिएको आधिकारिक ट्रेड युनियनका कार्यबाहक अध्यक्ष मच्छिन्द्रनरसिंह प्याकुरेलले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया