नुवाकोट निर्माण व्यवसायी संघको अध्यक्षमा प्याकुरेल विजयी

विदुर खबर २०७९ भदौ ३१ गते २१:५०

नुवाकोट । नुवाकोट निर्माण व्यवसायी संघको अध्यक्षमा शैलेन्द्रराज प्याकुरेल विजयी भएका छन् ।

Advertisement

केहीवेर अघि सम्पन्न मतगण्नामा आफ्ना निकटतम प्रतिद्धन्दी कृष्णप्रसाद थपलियालाई पराजित गरि अध्यक्षमा प्याकुरेल निर्वाचित भएका हुन् ।

अध्यक्षमा विजयी भएका प्याकुरेलले एकसय ४१ मत प्राप्त गर्दा थपलियाले एकसय १९ मत प्राप्त गरे ।

Advertisement

महासचिव वाहेक सबै प्याकुरेल प्यालनले जितेका छन् । महासचिवमा थपलिया समुहका शुशिल फुयाँल विजयी भएका छन् ।

अध्यक्षमा विजयी भएका प्याकुरेललाई कांग्रेसको मात्र नभई एमाले, माओवादी केन्द्र निकटका निर्माण व्यवसायीहरुको साथ रहेको थियो ।

Advertisement

यसअघि आज सम्पन्न मतदानमा २ सय ६८ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

नुवाकोट निर्माण व्यवसायी संघमा २ सय ९३ जा मतदाता रहेका छन् ।

प्रतिक्रिया