विदुर खानेपानी निर्वाचन : संजीव श्रेष्ठको प्यानलको फराकिलो अग्रता

विदुर खबर २०७९ भदौ २३ गते १७:१३
नेकपा एमाले र राप्रपाको तर्फबाट उम्मेद्धवारी दिएका उम्मेद्धवारहरु ।

नुवाकोट । विदुर खानेपानी सरसफाई उपभोत्ता समितिको मतगणना जारी छ । कहीवेर यो समाचार तयार गर्दासम्म १३ सय ४८ मत गणना हुँदा संजीव श्रेष्ठको प्यानलले नै फराकिलो अग्रता लिएको छ ।

Advertisement

अध्यक्षमा एमालेका संजीव श्रेष्ठले ८ सय ५४ मत प्राप्त गरेका छन भने गठबन्धनका साझा उम्मेद्धवार कांग्रेसका छत्रराज डंगोलले ४ सय ३६ मत ल्याएका छन । श्रेष्ठ र डंगोलविचको मतान्तर ४ सय १८ पुगेको छ ।

उपाध्यक्षमा राप्रपाका महेश कुमार डंगोलले ६ सय १४ मत प्राप्त गर्दा गठबन्धनका उम्मेद्धवार नमराज न्यौपानेले ५ सय १ मत प्राप्त गरेका छन । यस्तै उपाध्यक्षमा स्वतन्त्र उम्मेद्धवारी दिएका मुरारी नेपालले एक सय ४२ मत ल्याएका छन ।

Advertisement

सचिवमा एमालेकै राजेन्द्र पाण्डेले ८ सय ४६ मत ल्याएर अग्रता लिएका छन भने गठबन्धनको तर्फबाट समाजवादीका नरेन्द्र वहादुर पाण्डेले ४ सय ८ मत पाएका छन ।

कोषाध्यक्षमा एमालेकै अम्बिका चित्रकारले ७ सय ४२ मत प्राप्त गर्दा गठबन्धनको उम्मेद्धवार रविता भट्टले ४ सय ८९ मत प्राप्त गरेकी छिन ।

Advertisement

महिला सदस्यमा एमालेकी विष्णुमाया डंगोलले ७ सय ८१ र सिता अधिकारीले ७ सय ३१ मत प्राप्त गर्दा गठबन्धनका शुशिला पौडेलले ४३७ र शान्ति श्रेष्ठ ४५४ मत पाएका छन ।

यस्तै सदस्यमा एमालेका दिपक तिम्सीनाले ७ सय ३१, कृष्ण प्रसाद भट्ट ६ सय ९३ र लवप्रसाद न्यौपानेले ६ सय ६६ मत प्राप्त गरेका छन ।

यस्तै गठबन्धनको तर्फबाट रामजी भट्टले ५ सय ९, राजेन्द्र सापकोटाले ४ सय ६९ र पदमकान्त न्यौपानेले ४ सय १२ मत प्राप्त गरेका छन ।

सदस्यमा स्वतन्त्र उम्मेद्धवारी दिएका विमल खड्काले ८२ मत ल्याएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

विदुर खानेपानीको नेतृत्व हत्याउन निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीले गठबन्धन गरेका छन भने एमाले र राप्रपाले समेत तालमेल गरेका छन ।

प्रतिक्रिया