महिलाहिंसा विरुद्धका कार्यक्रम प्रभाबकारी नभएको सांसद नेपालीको भनाई

विदुर खबर २०७५ भदौ १९ गते ९:४२

नुवाकोट, बर्षेनी महिलाहिंसा विरुद्धका गतिविधि चले पनि महिला हिंसाका घटना घट्न नसकेको भन्दै प्रदेश नम्बर ३ को ससदमा सासद कल्पना नेपालिले चासो देखाउनुभएको छ ।

Advertisement

उहाँले महिलाहिंसा अन्त्यका लागि प्रभावकारी कार्यक्रम हुनुपर्नेमा जोड दिनुभएको छ । सासद नेपालिले बर्से्नि चलेको अभियानले उजुरी गर्ने चलन बढेको देखिएको तर हिंसाका घटनामा भने कमी भने नआएको बताउनुभएको छ । हिंसाको स्वरूपमा परिवर्तन हुँदै गएकाले यसको स्वरूपका बारेमा गहन छलफल आवश्यक भएको र चेलिबेटी बेचबिखनबाट हुने हिंसा, फेसबुक मार्फत हुने हिंसा महिलाहिंसाका नयाँ स्वरूप भएको उहाँले बताउनुभएको छ ।

विश्व बैंकको तथ्यांक अनुसार पति या आत्मीय साथीबाट हुने शारीरिक हिंसा व्याप्त भएको देशमध्ये नेपाल १४ औं स्थानमा पर्छ । सम्बोधन परियोजनाको प्रारम्भिक सर्वेक्षण अनुसार देखेका लैगिंक हिंसामध्येमा ४५ प्रतिशत पुरुष पीडक रहेका छन् । विगत एक वर्षको अवधिमा भएका लैगिंक हिंसामध्ये ९६ प्रतिशत पीडित महिला पीडित रहेका छन् । ३७ प्रतिशतले हिंसाविरुद्ध सहयोग या उजुरी लिन खोजी नै नगरेको तथ्यांक रहेको छ । तथ्यांक अनुसार संसारभर कम्तीमा तीन जनामध्ये एक महिलाले आफ्नो जीवनभर चिनेको व्यक्तिबाट यौनिक हिंसा भोगका हुन्छन् ।

Advertisement

३५ प्रतिशत महिलाले शारीरिक या यौनिकहिंसा भोगेको पाईएको छ । महिलामाथिको लैंगिक हिंसामा कमी आउन नसकेकोमा चिन्ता व्यक्त गर्दै उहाँले उजुरीको साथै एकमुष्ट पुर्नस्थापनाको कार्यक्रम लैजान सकेमा मात्र हिंसामा कमी आउने बताउनुभएको छ । सासद नेपालिले उजुरी आएका हिंसापीडित महिलालाई तत्कालै उद्दार गरिने, उद्दारपछि चाहिने मानसिक स्वास्थ्यको सुरक्षा, तत्कालै स्वास्थ्य सेवा, पीडितलाई कानुनी उपचार, सामाजिक उपचार र आर्थिक सशक्तीकरण गर्न सकेमा मात्र प्रभावकारी हुने बताउनुभएको छ । हिंसाबाट मुक्ति पाउने मुख्य विषय भनेको आर्थिक सशक्तीकरणको कुरा आउने भन्दै पीडितलाई राज्यकोषबाटै आर्थिक सशक्तीकरण गर्ने व्यवस्था हुनु पर्नेमा समेत उहाँको जोड रहेको छ ।

प्रतिक्रिया