नेपाल बन्दको प्रभाव नुवाकोटमा सामान्य
विदुर खबर
२०७९ भदौ ७ गते ११:०४

नुवाकोट । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युष्टि पार्टीसहित ४ साना दलले घोषणा गरेको नेपाल बन्दको प्रभाव नुवाकोटमा सामान्य रुपमा परेको छ ।
बन्दको कारण सार्वजनिक सवारी साधनहरू कम चलेका छन । सार्वजनिक गाडीहरू कममात्र चल्दा काम विशेषले आज बिहानै गन्तव्यमा जान चाहनेहरुले सास्ती पाएका छन ।
नुवाकोटबाट काठमाडौं जाने वसहरु निकै कम मात्रामा चलेका छन् । निजी कार र मोटरसाइकलहरू भने निर्वाध चलिरहेका छन ।
सडकमा विप्लवका कुनैपनि कार्यकर्ताहरु देखिएका छैनन । जिल्लाको विभिन्न चोकचोकमा सुरक्षाकर्मीहरूको तैनाथी बढाइएको छ । बन्दको क्रममा कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया