ककनीमा लागू औषधीसहित एकजना पक्राउ
विदुर खबर
२०७९ भदौ २ गते १४:००
नुवाकोट । नुवाकोटको ककनी गाँउपालिका वडा नम्बर २ खानिखोलामा लागू औषधीसहित एकजना पक्राउ परेका छन् ।
प्रहरी विशेष टोलीले सूचनाको आधारमा चेकजाँच गर्दा महोत्तरी जिल्ला भटोलिया गाउँपालिका वडा नं ३ बस्ने अविनाश ठाकुर पक्राउ परेका हुन् ।
उनले बोकेको कालो झोलाबाट प्लाष्टिकको बोराले बेरेको लागु औषध जस्तो देखिने पदार्थ गांजा मुठा (२ कि.ग्रा.) वरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार मानव बेचविखन तथा ओसार पसार मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला अदालत नुवाकोटको फैसलाले २ वर्ष ६ महिना कैद हुने गरी फैसला भएकोमा दुप्चेश्वर गाउँपालिका बड़ा नं. ७ का धुव नेपालीलाई २९ वर्ष पछि पक्राउ गरेको हो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स
किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी





प्रतिक्रिया