विदुर ८ की एक बालिकाको भक्तपुरमा मृत्यु
विदुर खबर
२०७९ साउन ३१ गते ७:०४

नुवाकोट । घरको कम्पाउन्डको गेट ढलेर लाग्दा नुवाकोटको विदुर–८ कि एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नुवाकोट बिदुर नगरपालिका वडा नम्बर ८ घर भई हाल भक्तपुरको बोडे बस्ने ५ वर्षकी श्रीसिजा अर्याल रहेकी जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजु पाण्डेले बताए ।
सोमबार दिउँसो लोकन्थली रमाइलो चोकस्थित तिलकप्रसाद गौतमको घरको कम्पाउण्डमा रहेको फलामे गेट अचानक पल्टदा पाहुना आएकी अर्याल च्यापिएकी थिइन ।
सम्बन्धित
प्रतिक्रिया