पाँच महिना बितिसक्दा समेत नुवाकोट आर्दश बहुमुखी क्याम्पसमा लगाएको ताला अझै खुलेन,प्रशासनिक काम ठप्प

विदुर खबर २०७५ भदौ १६ गते ४:२५

Advertisement

नुवाकोट, नुवाकोट आर्दश बहुमुखी क्याम्पसमा लगाएको ताला ५ महिनासम्म अझै खुल्न सकेको छैन ।

गत चैत्र ८ गते स्ववियु निर्वाचनको माग गदै अनेरास्ववियु र अखिल क्राान्तिकारिले लगाएको तादा नखोलिँदा क्याम्पसको प्रशासनिक काम हुन सकेको छैन । क्याम्पसमा लगाइएको ताला नखोल्दा विद्यार्थीको गतवर्षको र यने वर्षको समेत वितरण प्रभावित भएको क्याम्पस प्रमुख नारायनमान डंगोलले बताए । त्रिभुवन विश्व विद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न मिति नतोकिदिएकोले विद्यार्थीले लगाएको ताला खोल्न नसकिएको डंगोलले जानकारी दिए । पुर्व माओवादी निकट अखिल क्राान्तिकारी र एमाले निकट अनेरास्ववियुले क्याम्पस प्रमुख र लेखा शाखामा ताला लगाएका हुन ।

Advertisement

क्याम्पस प्रशासनले ताला खोल्न विद्यार्थी संगठनसँग छलफल गरेपनि प्रयास सार्थक नभएको क्याम्पसले जनाएको छ । क्याम्पसमा भएका विभिन्न विद्यार्थी संगठनको अनेकौ माग पुरा गर्न क्याम्पस प्रशासन हरदम तयार रहेको र सुनिरहेको भन्दै क्याम्पस प्रमुख डंगोललले सबै विद्यार्थी संगठनको साझा धारणा भए आफुहरु चुनाव गराउन तयार रहेको बताए । क्याम्पसमा लामो समयदेखि लागेको तालाले विभिन्न प्रशासनिक झमेला ब्यहोर्नु परेको क्याम्पस प्रशासनले जनाएको छ । ताला लाग्दा क्यउाम्पसले आर्थिक वर्ष २०७४÷७५ को आयव्यको अडिट समेत प्रभावित भएको छ भने दैनिक कार्य संचालन र अभिलेख राख्ने कामसमेत प्रभावित भएको क्याम्पस प्रशासनले जनाएको छ । क्याम्पस प्रशासनले ताला खुलाउने विषयमा दलफल गर्दा समेत निकास ननिस्कदा अभ्ठ्यारो परेको जनाएको छ ।

प्रतिक्रिया