घरको छतबाट खसेर नुवाकोटको ढुङेगमा एक महिलाको मृत्यु
विदुर खबर
२०७५ भदौ १४ गते ११:४१

नुवाकोट भदौ १४, नुवाकोटको सदरमुकाम विदुर नगरपालिका वडा नं १ ढुङ्गेमा फोहोर फाल्न घरको छतमा गएकी एक महिलाको छतबाट घसेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा २९ वर्षीया सिर्जना ढुंगाना रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले बताएको छ । फोहोर फाल्नका लागि घरको छतमा पुगेकी ढुंगाना एक्कासी खसेर घर अघिको सडकमा पुगेकी थिइन । छतबाट खसेर सक्त्त घाइते भएकी ढुङ्गानाको उपचारको लागि तत्काल नुवाकोटको त्रिशूली लगिएको थियो ।
तर उनलाई अस्पताल लग्ने बित्तिकै चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । मृतक ढुंगाना जिल्ला अदालत नुवाकोटमा तामिलदार पदमा कार्यरत रहेको अदालतका श्रेस्तेदार शिवप्रसाद वन्जाराले बताए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया