पिपलटारमा फुटसल खेल्न आएका चौघडाका कृष्ण राईको मृत्यु
विदुर खबर
२०७९ साउन २० गते २१:३९

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ पिपटारमा फुटसल खेल्न आएका कृष्ण राईको मृत्यु भएको छ ।
लिखु गाउँपालिका वडा नम्बर ४ चौघडा घर भएका २९ वर्षिय राई पिपलटार फुटसल क्लबमा फुटसल खेल्ने क्रममा बेहास भएपछि उपचारको क्रममा त्रिशुली अस्पताल लगेपनि उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।
फुटसल खेलेर आराम गरिरहेका राई एक्कसी बहोस भएपछि उनका साथिहरुले अस्पताल लगेपनि उनको शुक्रवार साँझ ७ : ३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
उनको शव अहिले त्रिशुली अस्पतालमा राखिएको छ ।
मृत्यु भएका राई नेपाल विद्युत प्राधिकरण चौघडा सवस्टेसनका कर्मचारी समेत रहेको बताइएको छ । उनको मुटुको भल्ब केही वर्ष अघि मात्र फेरिएको बताइएको छ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया