कार्यालय नछोड्न सुर्यगढी गाउँपालिकाको कर्मचारीलाई निर्देशन

विदुर खबर २०७९ साउन १८ गते १४:११

नुवाकोट । नुवाकोटको सुर्यगढी गाउँपालिकाले कर्मचारीहरुलाई विना सुचना कार्यालय नछोड्न निर्देशन दिएको छ ।

Advertisement

आज गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद सुवेदीले एक विज्ञप्ती जारी गरि गाउँपालिका अन्तर्गत रहेका पालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थामा कार्यरत सम्पूर्ण कार्मचारीहरुलाई कार्यालयमा तोकिए वमोजिमको समयमा उपस्थित भई औपचारिक पोशाक लगाई कार्य सम्पादन गर्न आग्रह गरेका छन् ।

प्रमुख प्रशासकिय अधिकृत सुवेदीले कार्यालय छोड्नु पर्ने अवस्था आएमा अनिवार्य रुविदा स्वीकृत गराएर मात्र कार्यालय छोड्न आग्रह गरेका छन् ।

Advertisement

विदा स्वीकृत नगराई वा विना जानकारी विना कार्यालयमा अनुपस्थित भएमा वा कार्यालयको काममा बाधा परेमा नियमानुसार हुने सुचनामा उल्लेख छ ।

गाउँपालिकाको कार्यायमा समयमा नै कर्मचारी नआउने गुनासो बढेपछि गाउँपालिकाले सुचना निकाले रै कर्मचारीलाई सचेत गराएको हो ।

Advertisement

प्रतिक्रिया