नगरपालिका संघको सदस्यमा बोगटी चयन

नुवाकोट । नेपाल नगरपालिका संघको बागमती प्रदेश समिति गठन कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेश समिति गठन तथा अभिमुखीकरण कार्यक्रममा बागमती प्रदेश समिति गठन भएको छ । नवगठित प्रदेशको सदस्यमा विदुर नगरपालिकाकी उपपमेयर प्रभा बोगटी चयन भएकी छिन् ।
काठमाडामा सम्पन्न नगरपालिका संघको भेलाले संयोजकमा कागेश्वरी–मनोहरा नगरपालिकाका नगर प्रमुख उपन्द्र काकी र सह–संयोजकमा कालिको नगरपालिकाका नगर प्रमुख विनोद रेग्मी चयन भएका छन् ।
नगरपालिका संघको बागमती प्रदेश सदस्यमा विदुर नगरपालिकाकी उपपमयर प्रभा बोगटीसहित सहित नौ जना सवै सर्वसम्मत रूपमा चयन भएका छन् ।
संघले काठमाडौमा आयोजना गरेको बागमती प्रदेशका नगरपालिकाका मेयर–उपमेयरको भेलाले सर्वसम्मत रूपमा नयाँ कायसमित चयन गरेको हो ।
नवनिर्वाचित कार्य समितिले सबै नगरपालिकाका समस्यालाई साझा समस्याको रुपमा लिएर अघि बढ्ने बताएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया