लिखु गाउँपालिकालाई साढे सात लाखको स्वास्थ्य सामाग्री

विदुर खबर २०७९ साउन १२ गते १५:०२

नुवाकोट । नुवाकोटको लिखु गाउँपालिकालाई साढे सात लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

Advertisement

बाग्मति प्रदेशका स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले गाउँपालिकाका अध्यक्ष धुव्र श्रेष्ठलाई स्वास्थ्य सामाग्री वितरण गरेकी हुन् ।

वितरण गरिएको सामाग्रीहरुमा १० थान सिलिन्डर र ७ लाख ३४ हजार ५ सय १८ रुपैया १२ पैसा बराबरको स्वास्थ्य सामाग्री रहेका छन् ।

Advertisement

स्वास्थ्य सामाग्री वितरण गर्दै स्वास्थ्य राज्यमन्त्रि नेपाललीले गाउँपालिकालाई आवश्यक अन्य सामाग्री समेत उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरिन् ।

प्रतिक्रिया