नुवाकोटको त्रिशुली अस्पतालमा डाइलासिस सेवा शुरु
नुवाकोटको त्रिशुली अस्पतालमा डाइलासिस सेवा शुरु भएको छ ।
बुधवार अस्पतालको ५८ औ वार्षिक उत्सवको अवसर पारेर अस्पतालले डाइलासिस सेवा शुरु गरेको हो । जिल्लामा पछिल्लो समय मृगौला रोगीहरुको संख्या बढेकोले अस्पतालमा डाइलासिस सेवा शुरु गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. दिपेन्द्र पाण्डेले जानकारी दिए ।
जिल्लामै डाइलासिस सेवा शुरु भएसँगै जिल्लाबाट डाइलासिस गर्न काठमाण्डौ जानु नपर्ने भएकोले विरामीेको सेवा र पैसा समेत बचत हुने उनले बताए ।
कार्यक्रममा बोल्दै विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले नगरपालिकाले प्रदेशकै नमुना अस्पताल बनाउन हदैसम्मको सहयोग गर्ने बताइन् ।
उनले अस्पताललाई प्रदेशकै मात्रै नभई देशभरको नमुना अस्पताल बनाउन सबैको सहकायै आवश्यक रहेको बताइन् ।
यस्तै कार्यक्रममा बोल्दै नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले अस्पतालको सेवा सुविधाको वारेमा विरामीहरुले सन्तुष्ट व्यक्त गर्नुले अस्पतालको गुणस्तर बढेको बताए ।
मृगौलाका विरामीलाई एक हप्तामा दुईपटक डाइलसिस गर्नुपर्ने भएकोले जिल्लामा यो सेवा सुरु नहुँदा विरामीलाई व्ययभार धेरै पर्ने गरेको छ ।
अस्पालतमा डायलसिस सेवा शुरु भएमा छिमेकी जिल्लाहरु रसुवा र धादिङ लगाएतका जिल्लाबाट आउने विरामीले समेत लाभ लिने छन् ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बट्टारमा मोटरसाइकलले ठक्कर दिँदा एककाे मृत्यु
बागमती सरकारको बजेट बहुमतले पारित
धादिङमा फलामको पाइपले प्रहार गरी बुबाको हत्या
लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना





प्रतिक्रिया