विदुर नगरपालिकाले करारका कर्मचारी हटायो

विदुर खबर २०७९ असार ३१ गते १८:५६
फाईल फोटो ।

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाले करारका कर्मचारीहरुको म्याद थप नगर्ने भएको छ ।

Advertisement

शुक्रवार नगरकार्यपालिका प्रमुख प्रशासकिय अधिकृत मोहन प्रसाद मरासिनिले एक सुचना जारी गर्दे नगरपालिकामा करारमा कार्यरत कर्मचारीहरुको म्याद थप नहुने बताएका हुन् ।

नगरपालिका र वडा कार्यालयको मातहतका निकायमा कार्यरत करार तथा ज्यालादारी सम्पूर्ण कर्मचारीको साउन १ गतेबाट अर्को निर्णय नभएसम्मका लागि म्याद थप नहुने निर्णय भएको प्रमुख प्रशासकीय मरासिनिले बताए ।

Advertisement

नगरपालिकाका प्रमुख प्रशासकीय मरासिनिले हस्ताक्षर गरेको पत्रमा अर्काे सुचना नभएसम्म करारका कर्मचारीहरुलाई हाजिर नगर्न, नगराउन भनिएको छ । नगरपालिकाको सूचना टाँसेर साउन १ देखि करारका कर्मचारीलाई हाजिर नगर्न भनेको छ ।

नगरपालिकामा विभिन्न तहमा गरी १४० बढी करारका कर्मचारी कार्यरत छन । शिक्षक, स्वास्थ्य, कृषि, पशु, उद्योग शाखा, प्रधानमन्त्री स्वरोजगार, पन्जिकरण, गरेर यो संख्यामा कर्मचारी कार्यरत छन ।

Advertisement

जनप्रतिनिधि नयाँ आउनासाथ करारका कर्मचारी निकाल्ने नगरपालिकाले निर्णय गरेपछि करारका कर्मचारी समस्यामा परेका छन । विदुर नगरपालिकाका यसअघिका मेयर सञ्जु पण्डितको कार्यकालमा नियुक्त भएका करारका कर्मचारी हटाउने निर्णय गलत भएको कर्मचारीहरुले समेत बताएका छन ।

यस्तै जिल्लाका अन्य स्थानीय सरकारहरुले पनि करारमा कार्यरत कर्मचारीहरुलाई हटाएर आफू निकटकाहरुलाई भर्ती गर्ने तयारी गरेका छन ।

 

प्रतिक्रिया