नुवाकोटमा अवैध नदीजन्य पदार्थ उत्खननमा रोक
नुवाकोट । नुवाकोटमा वर्षात्को समयमा अवैध तरिकाले नदीजन्य पदार्थ उत्खनन बढेपछि त्यसलाई रोक लगाइएको छ ।
जिल्ला अनुगमन समितिले जिल्लाका १२ वटै स्थानीय तहका जनप्रतिनिधिलाई बोलाएर खोला/नदीबाट ढुंगा, गिटी र बालुवा उत्खननमा रोक लगाउने निर्णय गरेको हो । बर्सेनि जिल्लाका त्रिशूली, तादी, लिखु, कोल्पु, सामरी, सलाखु, विभिन्न खोल्साहरुबाट अवैधरुपमा ढुंगा, गिटी र बालुवा उत्खनन हुने गर्छ ।
मंगलबार जिल्ला समन्वय समितिको आयोजना गरेको नदीजन्य पदार्थको उत्खननलाई रोक लगाउने विषयमा जिल्ला अनुगमन समितिले उक्त निर्णय गरेको हो । संघीय कानुनअनुसार प्रत्येक वर्षको असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खनन गर्न पाइँदैन ।
विदुर नगरपालिका उपमेयर प्रभा बोगटीले नदीजन्य पदार्थको दोहन र दर्ता नभएका क्रसर बन्द गर्नुपर्ने बताइन् । उनले रातको समयमा देवीघाटदेखि बुधसिङघाटसम्म अवैधरुपमा बालुवा निकाल्ने गरेको बताइन् । केही जनप्रतिनिधिले खोलाको बालुवा बगेर भारत तथा बंगलादेश जाने भएकाले बालुवा झिक्न दिनूपर्ने बताएका थिए ।
सरकार र सर्वोच्च अदालतबाट समेत रोक लगाइएको नदीजन्य पदार्थ झिक्दा विपद् बढ्ने र कानुनको खिलाप हुने भएकाले रोक्नुपर्ने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए । नदीजन्य पदार्थ झिकेर राजस्व बढ्छ भनेर स्थानीयवासीलाई जोखिममा पार्न नहुने प्रजिअ रिसालको भनाइ छ ।
नदीजन्य पदार्थको ठूलो बजार राजधानी काठमाडौं उपत्यका रहेको छ । कानुनलाई मिचेर नदीजन्य पदार्थ उत्खनन गर्न दिन नमिल्ने जिसस प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरीले बताए । ‘कानुनलाई मिचेर उत्खनन गर्न दिन सकिँदैन,’ उनले भने । जिल्ला अनुगमन समितिले स्थानीय तहहरुलाई वर्षात्को समयमा नदीजन्य पदार्थको उत्खनन गर्दा जोखिम हुने भन्दै उक्त अवधिमा कोही कसैबाट अवैध उत्खनन र संकलन हुन नदिन सबै अनुगमन समिति स्थानीय तह तथा सम्बन्धित निकायहरुले प्रविधिकसहितको अनुगमन टोली बनाई पूर्ण सक्रियताका साथ अनुगमन गर्नुपर्ने निर्देशन दिएका छन् ।
त्यसका लागि जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीले दिन र रात्रिकालीन गस्ती गर्ने निर्णय गरेको छ । जिल्लाका विभिन्न खोला/नदी तथा खानीबाट उत्खनन गरी घाटगद्दीमा संकलन गरिएको वस्तु स्थानीयहरुले नापजाँच गरी साउन १५ गतेभित्र समितिमा बुझाउन भनिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया