नेपालमा आज २ सय ६ जनामा कोरोना संक्रमण पुष्टि

विदुर खबर २०७९ असार २९ गते १९:०७

नुवाकोट । नेपालमा कोरोना संक्रमितको संख्या बुधबार पनि बढेको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २०६ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरमा भएको कुल तीन हजार १७५ नमुना परीक्षणमध्ये सो संख्या संक्रमण पुष्टि भएको हो । जसमध्ये २ हजार ८२ पीसीआर परीक्षण गर्दा १७७ जनामा र एक हजार ९३ एन्टिजेन परीक्षण गर्दा २९ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, सोहि अवधिमा ४५ जना संक्रमण्मुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या एक हजार ५ रहेको छ । पछिल्लो केहि समययता संक्रमणका कारण निधन हुनेको संख्या शून्य रहेको छ ।

Advertisement

 

प्रतिक्रिया