पन्चकन्या गाउँपालिका ५ मा वृक्षारोपण
विदुर खबर
२०७९ असार २६ गते १२:१८

नुवाकोट । नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर ५ मा वृक्षारोपण गरिएको छ ।
साविक भद्रुटार गाविस वडा नम्बर ९को भेडावारी माविको पहिरो र वन क्षेत्रमा वृक्षारोपण गरिएको हो ।
ग्रामिण स्वाबलम्वन केन्द्र नेपाल, पन्चकन्या गाउँपालिका वडा नम्बर ५ का जनप्रतिनिधि, जिल्ला वन कार्यालय र कृषक समुहहरुको आयोजनामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।
आँप, लिचि, कागती, कुरिलो, अम्रिसो, कपुर र पारीजात लगायतका बोटविरुवाहरु रोपिएको पन्चकन्या गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य गोकर्ण गिरीले जानकारी दिए ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया