पञ्चकन्या गाउँपालिकाको बजेट ४५ करोड
विदुर खबर
२०७९ असार ११ गते १५:०२

नुवाकोट । पञ्चकन्या गाउँपालिकाको १२ औं गाउँसभाले शुक्रबार आब ०७९/८० को नीति तथा कार्यक्रम एवं बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिका उपाध्यक्ष विमला केसीले ४५ करोड ६६ लाख ६९ हजार ७ सय ३८ रुपैयाँको बजेट ल्याएको छ । बजेट बाँडफाँट र नीतिगत छलफल गरी शनिबार बजेट पास गर्ने गाउँपालिकाले जनाएको छ । बजेटले कृषि, पर्यटन र शिक्षालाई प्राथमिकतामा राखेको छ ।
जसमध्ये चालुतर्फ २६ करोड ५० लाख ८६ हजार ७३८ अर्थात् ५८ प्रतिशत र पुँजीगततर्फ १९ करोड १० लाख ८३ हजार अर्थात ४२ प्रतिशत रहेको छ।
चालु आर्थिक वर्षका लागि ४२ करोड ६८ लाख १६ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो । बजेटमा पुँजीगत भन्दा चालु खर्च बढी देखिएको छ।
सम्बन्धित
प्रतिक्रिया