नुवाकोटमा ससुराली आएका तामाङ मृत फेला

विदुर खबर २०७९ असार २ गते १६:५९
सांकेतिक तश्वीर ।

नुवाकोट । नुवाकोट–ककनी गाउँपालिका–८ मात्रा गाउँका एक स्थानीय ससुरालीमा मृत भेटिएका छन् ।

Advertisement

४५ वर्षीय एकबहादुर तामाङ आफ्नो ससुराली बेलकोटगढी नगरपालिका ८ काशीटारमा हात बाँधिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनी बुधबार ससुराली आएका थिए । मादकपदार्थ सेवन गरेको र वादविवाद समेत भएको र बिहीबार बिहान मृत अवस्थामा भेटिएपछि घर परिवारको नै कैफियत गरेको बुझिएको डिएसपी तथा सूचना अधिकारी रुपक खड्काले बताए ।

Advertisement

ससुराली आएका एकबहादुर मृत भेटिएपछि प्रहरीले उनका ३५ वर्षीया श्रीमती ज्ञानमाया र ससुरा वीरबहादुर तामाङलाई पक्राउ गरेको छ । उनीहरु बाबु छोरीलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया