जिसस नुवाकोटको प्रमुखमा ठकुरी,उपप्रमुखमा तामाङ

विदुर खबर २०७९ जेठ २५ गते २१:१६

नुवाकोट । जिल्ला समन्वय समिति नुवाकोटको सभापतिमा माओवादी केन्द्रका राजिन्द्रसिङ ठकुरी निर्विरोध निर्वाचित भएका छन् ।

Advertisement

आज भएको मनोनयन दर्तामा माओवादी केन्द्र र नेपाली कांग्रेसको तर्फबाट साझा उम्मेद्धवार ठकुरीको नाम मात्र प्रमुखको लागि उम्मेद्धवारको रुपमा दर्ता भएपछि उनीसहित पुरै प्यानल नै निर्विरोध निर्वाचित भएको हो ।

नुवाकोटमा जिल्ला समन्वय समिति गठन गर्न सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गर्ने निर्णय गरेपछि पुरै प्यानल नै निर्विरोध निर्वाचित भएको हो ।

Advertisement

यस्तै जिल्ला समन्वय समितिको उपप्रमुखमा नेपाली कांग्रेसका नेता दलवहादुर तामाङ निर्वाचित भएका छन् । यस्तै सदस्यहरु राजेन्द्र श्रेष्ठ, रामचन्द्र पौडेल, मोहन पुडासैनी, सम्झना सेडाई, सन्तोषी देवकोटा, कान्छी सुनवार र धनमाया विकलाई अगाडी सारेको छ ।

गठबन्धनका दलहरु माओवादी कांग्रेसविच भएको सहमति अनुसार माओवादी केन्द्रले समन्वय समितिको प्रमुखसहित ३ सदस्य पाउने छ भने नेपाली कांग्रेसले उपप्रमुख सहित ४ सदस्य पाउने भएको छ ।

Advertisement

नुवाकोटमा १२ वटा पालिका प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षको गरी २४ जना मतदाता छन ।

नुवाकोटमा निर्वाचित जनप्रतिनिधिहरूको आधारमोवादी केन्द्र पहिलो र नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । माओवादीको ४ जना प्रमुख र ८ जना उपप्रमुख गरि १२ मतभार रहेको छ भने कांग्रेसको ७ जना प्रमुख र ४ जना उपप्रमुख गरि ११ मतभार रहेको छ । यस्तै नेकपा एमाले एक मतभार रहेको छ ।

समन्वय समितिमा एमालेले कुनैपनि पदमा उम्मेद्धवारी दर्ता नगरेकोले उनीहरु निर्विरोध निर्वाचित हुने मुख्य निर्वाचन अधिकारीले जानकारी दिएका छन् ।

समन्वय समितिको निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले आगामी जेष्ठ २७ गते शुक्रवारको लागि मतदान गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

प्रतिक्रिया