विदुर ९ का वडाध्यक्ष भण्डारी निलम्बित

विदुर खबर २०७९ जेठ २४ गते २१:१९

नुवाकोट । । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका मुद्दा विचाराधीन रहेकै अवस्थामा निर्वाचित विदुर नगरपालिका वडा नम्बर ९ को अध्यक्षमा विजयी भएका हरेराम भण्डारी भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका छन ।

Advertisement

भ्रष्टाचारको मुद्दा विचाराधीन रहेका बेला स्थानीय जनप्रतिनिधि चुनिएको भन्दै अख्तियारले स्वतः निलम्बनमा रहने व्यवस्था कार्यान्वयन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहलाई पत्र लेखेको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७६ साल भाद्र महिनामा जिल्लाको विदुरमा रहेको सुलक्षणा माध्यमिक विद्यालय तत्कालीन प्रधानाध्यापक हाल वडा अध्यक्षमा विजयी भएका हरिराम भण्डारीसहित ३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

Advertisement

उनीसँगै विद्यालयका शिक्षक केशवबहादुर बस्नेत र तत्कालीन विद्यालयका निरीक्षक कुमारप्रसाद तिमल्सिनाविरुद्ध आयोगले मुद्दा दायर गरेको हो । तर भण्डारीले निर्वाचन आयोगलाई झुक्याएर आफ्नो सूचना लुकाएर गठबन्धनबाट उम्मेदवार बनेर वडा अध्यक्षमा विजयी भएका थिए ।

विद्यालयको शिक्षक रहेको अवस्थामा भण्डारीले ३ वर्षे वेतलबी विदा लिई बैदेशिक रोजगारको लागि मलेसिया गएका थिए । उनले सेवा निवृत हुने समयमा वेतलबी विदा बसेको अवधिको गणना गरी सेवा सुविधा लिएको अख्तियारको अनुसन्धानबाट खुलेको थियो ।

यस्तो छ अख्तियारको पत्र ।
Advertisement

भण्डारीलाई सेवा सुविधा उपलब्ध गराउने निवृतिभरण प्रयोजनका लागि विद्यालयका निमित्त प्रअसमेत भएका बस्नेतले तयार गरी विद्यालय निरीक्षक तिमल्सिनाले तत्कालिन जिल्ला शिक्षा कार्यालयमा सिफारिस गरिदिएका थिए ।

सोही सिफासिरसका आधारमा भण्डारीले शिक्षक कितावखानाबाट सेवानिवृत सेवासुविधा लिएको पुष्टि भएपछि आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरको हो । तत्कालिन प्रधानाध्यापक भण्डारीसहित तीन जनाविरुद्ध अख्तियारले शुक्रबार अनुसन्धान गरी मुद्दा दायर गरेको हो ।

भण्डारी सत्तारूढ पार्टी नेकपा माओवादी केन्द्रका स्थानीय नेता समेत हुन । उनी गत निर्वाचनमा विदुर नगरपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा पराजित भएका थिए ।

जेठ ९ गते सोमवार सपथग्रहण गरेका हरिराम भण्डारीले वडा सदस्य राजकुमार श्रेष्ठलाई कावा वडाध्यक्षको जिम्मेवारी दिएर आफू घरमै बसेका छन । उनीमाथि भ्रष्टाचारको मुद्दा चलिरहेका कारण उनी स्वत निलम्बित हुने व्यक्ति हुन तर तीन दिन काम गरेर उनले कनिष्ठ वडा सदस्यलाइ कार्यबाहको जिम्मेवारी दिएका छन ।

भण्डारी वडा अध्यक्षमा विजयी भएपछि स्थानीयहरू शनि चित्रकार, विनयप्रसाद लामिछाने, राजकुमार तामाङ, जयराम रिजाल, धनवहादुर वोगटी, सीता वोगटी, धनमाया सुनार, सुरेन्द्र श्रेष्ठसहित २० जनाले मुद्धाको विवरणसहित विदुर नगरपालिका कार्यालयमा, निर्वाचन अधिकृतको कार्यालयमा जानकारी गराए थिए ।

उजुरीकर्ताले सपथ नै रोक्न माग गरे पनि सत्तागठबन्धनको छायाँमा परेको मुख्य निर्वाचनको अधिकृतको कार्यालय र विदुर नगरपालिकाको कार्यालयले उनको सपथ गराएको थियो ।

यस्तै एमालेबाट विदुर नगरपालिकाको कार्यपालिकामा प्रतिनिधित्व गर्ने सदस्यहरुले भण्डारीको मुद्दाको किनारा नभएसम्म स्वत निलम्बनमा रहने भन्दै उनी उपस्थित भएको बैठकले वैधानिकता नपाउने भन्दै दुई पटक कार्यपालिका बैठक वहिस्कार गरिसकेका छन् ।

यसँगै भण्डारीको पद निलम्बनमा परेसँगै विदुर नगर कार्यपालिकाको बैठक बस्ने बाटो समेत खुलेको छ ।

प्रतिक्रिया