लालु यादव मुब्बई अस्पतालबाट फिर्ता

मुम्बई, राष्ट्रिय जनता दल (आरजेडी) नेता लालु यादवलाई मुम्बईस्थित एशियन हार्ट इन्टिच्युटमा करिब पाँच दिनलामो उपचारपछि अस्पतालबाट घर फिर्ता हुनुभएको छ ।
छाती दुख्ने समस्या आएपछि जेलबाट अस्पताल लगिएका पूर्व मुख्यमन्त्री यादवलाई हेमोग्लोविनको सङ्ख्या आवश्यकताभन्दा कम भएको पाइएपछि भर्ना गरी उपचार गरिएको थियो । सत्तरी बर्षीय यादवलाई तीन महिना यता दोस्रो पटक अस्पताल भर्ना गरिएको थियो । उहाँलाई पहिलोपटक गत जुुन १९ गते छातीमा पीडा भएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।
उहाँ शनिबारै पटनाका विमानमार्फत् पटना जाने कार्यक्रम रहेको छ । बिहारमा सन् २००४ देखि २००९सम्म यादव नेतृत्वमा रहेको समयमा आफ्नो पक्षको एक नीजि होटेल कम्पनीको अनुकुलमा निर्णय गरेको आरोपमा उहाँविरुद्ध शुक्रबार भ्रष्टाचार मुद्दा दर्ता गरिएको थियो । उहाँले पदमा रहँदा पदीय दायित्व विरुद्ध हुनेगरी आर्थिक अपचलन गरेको अभियोगमा विगत केही समयदेखि जेल जीवन विताउँदै आउनुभएको थियो ।
उहाँलाई उपचारका लागि गत मे महिनामा छ हप्ताका लागि जमानत दिइएको थियो । जसलाई पछि अगस्ट ३० सम्मका लागि थप गरिएको थियो । आरजेडी अध्यक्ष यादवविरुद्ध ‘द इन्सफोर्समेन्ट डाइरेक्टरेट’ ले रेलमार्ग ठेक्का प्रकरणमा दोषी रहेको दावी गर्दै शुक्रबार आरोप–पत्र दर्ता गरेको हो ।
यादव, उहाँकी पत्नी राब्री देवी तथा उहाँहरूका कान्छा छोरा तेजस्वी यादवसहित १३ जनाविरुद्ध उक्त ठेक्का प्रकरणमा दोषी दावी गर्दै आरोप पत्र दर्ता गरिएको हो ।
झारखण्ड उच्च अदालतले पूर्व रेलमन्त्री यादवद्वारा औषधी उपचार धरौटी जमानतका लागि गरेको निवेदनलाई अस्वीकार गरेको केही घण्टामा यो कदम आएको थियोे । उच्च अदालतले अगस्ट ३० सम्ममा आत्मसमर्पण गर्न आदेश दिएको छ ।
लालुमाथि पशुलाई खुवाइने चारा प्रकरण (फडर–स्क्याम)मा करोडौँ रूपैँया अनियमितता गरेको लगायतका विभिन्न चार मुद्दामा दोषी ठहर गर्दै केही बर्षयता बन्दीका रूपमा राखिँदै आएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया