नुवाकोटमा नमुना मतदान सम्पन्न

नुवाकोट । आसन्न वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि नुवाकोटमा नमुना मतदान गरिएको छ ।

आज विहान जिल्ला निर्वाचन कार्यालय नुवाकोटले बदर मत कम गर्न बट्टार बजारमा रहेको नुवाकोट आर्दश बहुमुखी क्याम्पसको परिसरमा नमुना मतदान गरेको हो ।
नुवाकोटका मतदाताले सहि ढंगले मतदान गर्न सकुन् र बदर मत संख्या कम हो भन्ने अभिप्रायले नमुना मतदान कार्यक्रम गरिएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटका निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए । उनले निर्वाचनको बारेमा मतदाता कसरी जानकार छन र निर्वाचनका प्रक्रिया केके रहन्छ भन्ने लगायतको विषयमा जानकारी दिनका लागि नमुना मतदान गरेको जानकारी दिए ।

उनले मतदाता शिक्षा निर्वाचनको एक दिनअघि मात्र दिइने समेत बताए । दुई नगरपालिका र दश गाउँपालिका गरी १२ ओटा स्थानीय तह रहेको नुवाकोटमा निर्वाचनको तयारी तिव्र पारिएको छ ।
नुवाकोटमा संख्या २ लाख २१ हजार एकसय मतदाता रहेका छन् । जसमा महिला एक लाख ८ हजार ९२ र पुरुष एक लाख १३ हजार ६६ र जना महिला तथा ३ जना तेस्रो लिङ्गी रहेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

जिल्लामा एकसय ३२ वटा मतदानस्थल २ सय ८७ मतदान केन्द्र तोकिएको छ ।
प्रतिक्रिया