नुवाकोटमा गठबन्धन दलको बैठक विनानिष्कर्ष सकियो
नुवाकोट । आगामी वैशाख ३० गते हुने स्थानिय निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेका सत्तारुढ चार दलको बैठकले आज पनि विना निष्कर्ष सकिएको छ ।

स्थानिय तहको निर्वाचनको मिति आउँन २७ दिन मात्र बाँकी रहेको अवस्थामा सत्तारुढ चार दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले गठबन्धनको विषयमा कुनैपनि सहमति दिन नसकेका हुन् ।
नेपाली कांग्रेसको पार्टी कार्यालय विदुरमा वसेको सत्तारुढ दलको बैठकले कुनैपनि विषयमा निर्णय लिन नसकेको बैठकमा सहभागी भएका एक नेताले विदुर खबरलाई जानकारी दिए । बैठकमा गठबन्धन दलका प्रतिनिधिहरुले आफ्नो पालिकाको वस्तस्थितिबारे जानकारी गराएका थिए ।
बैठकमा नेपाली कांग्रेसका जिल्ला सभापति रमेश कुमार महत, उप–सभापति राजु थापा, नेकपा माओवादीका नेताहरु हिरानाथ खतिवडा, पुष्प लामिछाने, नेकपा एसका जिल्ला अध्यक्ष गोविन्द नेपाली, पदक उप्रेती र जनता समाजवादी पार्टी नुवाकोटका अध्यक्ष ईश्वर राउत लगायतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु





प्रतिक्रिया