नुवाकोटमा गठबन्धन दलको बैठक विनानिष्कर्ष सकियो

विदुर खबर २०७९ वैशाख ३ गते २२:१८

नुवाकोट । आगामी वैशाख ३० गते हुने स्थानिय निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेका सत्तारुढ चार दलको बैठकले आज पनि विना निष्कर्ष सकिएको छ ।

Advertisement

स्थानिय तहको निर्वाचनको मिति आउँन २७ दिन मात्र बाँकी रहेको अवस्थामा सत्तारुढ चार दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले गठबन्धनको विषयमा कुनैपनि सहमति दिन नसकेका हुन् ।

नेपाली कांग्रेसको पार्टी कार्यालय विदुरमा वसेको सत्तारुढ दलको बैठकले कुनैपनि विषयमा निर्णय लिन नसकेको बैठकमा सहभागी भएका एक नेताले विदुर खबरलाई जानकारी दिए । बैठकमा गठबन्धन दलका प्रतिनिधिहरुले आफ्नो पालिकाको वस्तस्थितिबारे जानकारी गराएका थिए ।

Advertisement

बैठकमा नेपाली कांग्रेसका जिल्ला सभापति रमेश कुमार महत, उप–सभापति राजु थापा, नेकपा माओवादीका नेताहरु हिरानाथ खतिवडा, पुष्प लामिछाने, नेकपा एसका जिल्ला अध्यक्ष गोविन्द नेपाली, पदक उप्रेती र जनता समाजवादी पार्टी नुवाकोटका अध्यक्ष ईश्वर राउत लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया