नुवाकोटमा चार दलीय गठबन्धनको एमालेले सामना गर्ने

विदुर खबर २०७८ चैत २७ गते १२:२२

नुवाकोट । सत्तासाझेदार दलहरुबीच स्थानीय तहको निर्वाचनमा नवाकोटमा पनि गठबन्धन गर्ने सहमति भइरहेको छ ।

Advertisement

केन्द्रमा सत्तास्त दलले गठबन्धनमा मिलेर जाने निर्णय गरिसकेका छन । जिल्ला तहमा गठबन्धनमा रहेका चार क्रियाशील ललका प्रमुख तालमेल कसरी गर्ने भन्ने विषयको छलफलमा जुटेसँगै नेकपा एमालेले भने गठबन्धनको सामना गर्ने निर्णय गरेको छ ।

विगतको स्थानीय निर्वाचनमा एक्लै लडेको एमाले अहिले पनि एक्लै लड्ने र जनमत परीक्षण गर्ने तयारीमा छ । जिल्लामा गठबन्धनमा रहेका नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच केन्द्रको सर्कुलरअनुसार चैत २० गते आइतबार नेपाली काझेसले सभापति रमेश महतको
संयोजकत्वमा पहिलो बैठक बसीसकेको छ ।

Advertisement

माओवादी केन्द्रका जिल्ला संयोजक पुष्प लामिछाने, समाजवादीका जिल्ला अध्यक्ष गोविन्द नेपाली, जनता समाजवादीका जिल्ला अध्यक्षा ईश्वरकुमार राउत उपस्थित बैठकले स्थानीय तहको गठबन्धन दलको सम्बन्धमा राजनीतिक अवस्था र वस्तुस्थितिबारे बृहत छलफल गरी सत्तागठबन्धन दलको प्रतिवेदन तयार गरी केन्द्रमा पठाउने निर्णय गरेको छ ।

जिल्लाको १२ वटा पालिका र ८८ वडामा गठबन्धन गरेर एमालेलाई चनौती दिने चार दलको तवारी छ । काग्रेस जिल्ला सभापति रमेश महत, केन्द्रीय सदस्य डा.रामशरण महत र केन्द्रीय सदस्य तथा प्रवत्ता डा.प्रकाशशरण महत र जिल्ला पार्टी सचिव वैकाठ मिश्र मतदाता रहेको पञ्चकन्या गाउँपालिका २ ले भने गठबन्धन नगर्ने निर्णय गरेको छ ।

Advertisement

सत्तागठबन्धनको तालमेललाई परास्त पार्न नेकपा एमालेले नेताकार्यकर्तालाई गाउँटोलसम्म परिचालन गरेको छ । गाउँटोलमा एमालेलाई भोट दिने र नदिने मतदाताको सूची तवार पारेर नदिने मतदातासँग दैनिक भेटघाटलाई बाक्लो बनाइरहेको छ । एमाले नवाकोटका अध्यक्ष बद्री मैनालीले एमालेसँग सही विचार र सिद्धान्त भएका कारण गनुबन्धनले केही असर नगर्ने बताए ।

एमालेले गरेका राम्रा कामबारे जनतालाई जानकारी गराउँदै चनावमा जाने उनले बताए । चार दलले जिल्लामा गठबन्धन गरे पनि जनता एकले अर्कोलाई भोट हाल्ने परिस्थति देखिंदैन । माओवादी सशस्त्र द्वन्द्वको बेला काङ्ग्रेसका कार्यकर्ता, शुभेच्छुक र समर्थकको ठूलो धनजनको क्षति भएकाले हसिया(चौडामा भोट हाल्ने परिस्थिति जिल्लामा देखिंदैन ।

१० वर्ष द्धन्द्रको अवधिमा काङ्ग्रेसको सुराकीले माओवादीका कार्यकर्ता र समर्थकले पाएको सास्ती, भोगेको दुखले गर्दा माओवादी समर्थक मतदाता रुख चिन्नमा कुनै पनि हालतमा भोट नहाल्ने बताइरहेका समाजवादी नयाँ भएकाले उसले आफ्नो चुनाव चिनको त प्रचारप्रसार गर्न सकेको छैन, अरू दलको चुनाव चिन्नमा भोट खसाल्न गरेको आग्रहलाई जनताले कति स्वीकार गर्लान भन्नेमा शङ्का देखिन्छ ।

प्रतिक्रिया