लिखु गाउँपालिकाको अध्यक्षमा मेरो दाबी : श्रेष्ठ

नुवाकोट । सरकारले स्थानिय तहको निर्वाचन घोषणा गरेसँगै जिल्लाको हरेक स्थानमा चुनावी सरगर्मी बढेको छ ।

दुई नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटमा यतिवेला धमाधम उम्मेद्धवार छनोटको प्रक्रियामा दलहरु लागिरहेका छन् । जिल्लाको सबैभन्दा सानो गाउँपालिका तर नेपाली काँग्रेले विजय हाँसिल गरी गढ नै रहेको लिखु गाउँपालिकामा पनि स्थानीय निर्वाचनको सरगर्मी बढेको छ ।
साबिक खानीगाउँ गाविसको सबै वडा, सुर्यमती गाविसको सबै वडा, चौघडा गाविसको वडा नं। १, २, ५, ६, ७ र ८, थानसिंह गाविसको १, २, ३, ४, ५, ६ र ७ र थानपति गाविसको ५ समेटेर ६ वडा बनाई बनेको यस गाउँपालिकामा हाल युवा नेता शैलेस श्रेष्ठ लगाएतका नेताको चर्चा चुलिएको छ ।
अवको नेतृत्व युवाको काँधमा भन्ने नाराका साथ लिखु गाउँपालिकाको भावी अध्यक्षको रुपमा श्रेष्ठलाई हेर्न थालिएको छ ।
श्रेष्ठका साथै गाउँपालिकाको नेतृत्वको आकाँक्षी धेरै भएका कारण अवको नेतृत्वको लागि को आउने भन्ने चर्चा चल्न थालेको छ । यसअघि पनि कांग्रेसले जितेको गाउँपालिकामा वर्तमान प्रमुखदेखि पार्टीका क्षेत्र र स्थानीय तहमा विभिन्न जिम्मेवारीमा रहेकाहरू पालिकाप्रमुखको दाबेदारको रूपमा अगाडि आएका छन् ।
सो क्रममा, शैलेस श्रेष्ठ धुव्र श्रेष्ठ, विनोद पाठक, उत्तम पाठक र सिताराम पुलामी मगर ९राम०, प्रल्हाद पन्त लगायत पालिकाप्रमुखको दाबेदारका रूपमा अघि आएका छन् ।
पालिका अध्यक्षका लागि अन्य पनि दावेदार भएपनि हाल निकै चर्चा परिचर्चामा भने युवा पंत्ती नै देखिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया