तादी र किस्पाङ गाउँपालिकाको प्रशासकिय भवनको उद्घाटन
नुवाकोट । नुवाकोटको तादी र किस्पाङ गाउँपालिकाको प्रशासकिय भवनको सोमवार उद्घाटन गरिएको छ ।

दुबै पालिकाको प्रशासकिय भवनको सोमवार प्रधानमन्त्री शेरवहादुर देउवाले उद्घाटन गरेका हुन् ।
किस्पाङ गाउँपालिकामा विहान र तादी गाउँपालिकामा दिउँसो गरि छुट्टाछुट्टै रुपमा प्रधानमन्त्रि देउवाले पालिकाहरुको नयाँ प्रशासकिय भवनको उद्घाटन गरेको हो ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले किस्पाङ गाउँपालिका विकटता भएपनि सुन्दर रहेको बताए । भारतबाट आयात हुने तरकारी तथा दूधजन्य पदार्थलाई विस्थापन गर्न नुवाकोटको कृषि खेतीले योगदान दिने बताए ।
फरक प्रसंगमा देउवाले एमाले नेता भीम रावलप्रति आक्रोश पोखेका छन् । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध गरेकोप्रति देउवा उनीप्रति खनिएका हुन्।

‘मन्त्रिपरषद्बाट आफ्नै सरकार हुँदा पास गरेर संसदमा पेस गर्दा त्यसबेला किन आलोचना गर्नुभएन। भीम रावलले के हेरेर बसे त्यसबेला ?’ देउवाले आक्रोशित हुँदै भने,’अहिले किन विरोध गर्दैछन् ? विरोध गर्ने भए त्यसेबला मन्त्रीबाट राजीनामा दिएर बाहिर आउनुपर्ने थियो।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














शवबाट गहना लुट्ने पाँच जना नुवाकोटबाट पक्राउ
एनआरएनएद्वारा नुवाकोट र रसुवाका बाढीपीडितलाई राहत
धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा
आज हरितालिका (तीज) व्रत
तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु





प्रतिक्रिया